images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • १० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणापछि...

१० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणापछि तेलको मूल्य घट्यो

१० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणापछि तेलको मूल्य घट्यो

images
images
शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा पूर्वाधारमाथि सम्भावित अमेरिकी आक्रमणको समयसीमा १० दिन पछाडि सार्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।शुक्रबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्यमा गिरावट देखिएको हो । द्वन्द्व अपेक्षाभन्दा लामो समयसम्म लम्बिने चिन्ता बढिरहँदा अघिल्लो दिन बढेको मूल्यलाई आंशिक रूपमा मात्र सम्हाल्दै बजारमा अनिश्चितता कायमै रहेको देखिएको छ ।  शुक्रबार ०२ः ३० जीएमटीमा लन्डनस्थित आईसी एक्सचेञ्जमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ १ दशमलव ५ प्रतिशतले घटेर प्रतिव्यारेल ९३ डलर शून्य ७ सेन्टमा झरेको छ ।

    images
    images

    त्यस्तै, तेलको अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) १ दशमलव ८ प्रतिशतले घटेर १०६ डलर १२ डलर प्रति व्यारेलमा कारोबार भएको छ । दीर्घकालीन रूपमा हेर्दा मूल्य अझै उच्च अवस्थामा छ ।इरानसँगको युद्ध सुरु भएयता ब्रेन्ट कच्चा तेलको मूल्य झन्डै ५० प्रतिशतले बढेको छ भने डब्ल्यूटीआई पनि करिब ४० प्रतिशतले उकालो लागेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend