काठमाडौं । बजारमा कोइरालोको मूल्य बढेको छ ।कालीमाटी बजार विकास समितिको तथ्यांकअनुसार शुक्रबार कालीमाटीमा कोइरालो थोकमा प्रतिकिलो २ सय रुपैयाँमा कारोबार भएको छ ।हिजो
बिहीबार कोइरालो प्रतिकिलो १ सय ६५ रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार कोइरालोको मूल्यमा ३५ रुपैयाँ वृद्धि भएको हो ।फागुन दोस्रो सातादेखि बजारमा कोइरालो आउन थालेको हो । फागुन अन्तिम साता कोइरालो प्रतिकिलो थोकमा अधिकतम ३ सय ५० र औसत ३ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।




.gif)



