images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • इन्धनको मूल्यवृद्धिले निर्माण क्षेत्र सङ्कटमा, कैलालीका...

इन्धनको मूल्यवृद्धिले निर्माण क्षेत्र सङ्कटमा, कैलालीका व्यवसायीद्वारा आन्दोलनको चेतावनी

इन्धनको मूल्यवृद्धिले निर्माण क्षेत्र सङ्कटमा, कैलालीका व्यवसायीद्वारा आन्दोलनको चेतावनी

images
images
शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • धनगढी । नेपाल सरकारले इन्धनको मूल्यमा गरेको वृद्धिप्रति निर्माण व्यवसायी संघ कैलालीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका महासचिव विक्रम विष्टले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै इन्धनको मूल्य बढ्दा निर्माण क्षेत्र मात्र नभई देशको समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने बताएका छन्।विज्ञप्तिमा उल्लेख भएअनुसार निर्माण व्यवसाय प्रत्यक्ष रूपमा इन्धनमा निर्भर हुने भएकाले यसको मूल्य वृद्धिले निर्माण लागत अत्यधिक बढाएको छ । यसका कारण हाल सञ्चालनमा रहेका आयोजनाहरू प्रभावित हुनुका साथै नयाँ योजनाहरू कार्यान्वयन गर्न समेत ठुलो कठिनाइ उत्पन्न भएको व्यवसायीहरूको भनाइ छ । इन्धनको मूल्य बढ्दा विकास निर्माणको गति सुस्त हुने र यसले समग्र आर्थिक गतिविधिमा समेत गम्भीर असर पुर्‍याउने देखिन्छ ।

    images
    images

    यस कठिन परिस्थितिमा निर्माण व्यवसायीहरूले सरकारसँग विभिन्न मागहरू अघि सारेका छन् । उनीहरूले इन्धनको मूल्य वृद्धिको निर्णयलाई पुनर्विचार गरी यथाशीघ्र मूल्य समायोजन गर्न सरकारसँग आग्रह गरेका छन् । त्यस्तै, सङ्कटमा परेको निर्माण क्षेत्रलाई लक्षित गरी विशेष राहत तथा सहुलियत प्याकेज उपलब्ध गराउनुपर्ने र दीर्घकालीन रूपमा इन्धनको मूल्यलाई स्थिर राख्नका लागि प्रभावकारी नीति अवलम्बन गर्नुपर्ने उनीहरूको माग रहेको छ ।संघले आफ्ना मागहरूप्रति सम्बन्धित निकायले उचित पहल नगरेमा चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएको छ । देशको विकास र आर्थिक स्थायित्वका लागि सरकारसँग सहकार्य गर्न आफूहरू सधैँ तयार रहेको स्पष्ट पार्दै संघले यस गम्भीर विषयमा तुरुन्त ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend