images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • इरानी नयाँ सर्वोच्च नेतालाई सीआईले समलिङ्गी...

इरानी नयाँ सर्वोच्च नेतालाई सीआईले समलिङ्गी भनेको ट्रम्पको दाबी

इरानी नयाँ सर्वोच्च नेतालाई सीआईले समलिङ्गी भनेको ट्रम्पको दाबी

images
images
शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा टेलिभिजन अन्तर्वार्तामा इरानका नयाँ सर्वोच्च नेता आयतुल्ला जुनियर (मोज्तबा खामेनी)बारे विवादास्पद दाबी गरेका छन् । फक्स न्यूजमा प्रसारित अन्तर्वार्ताका क्रममा प्रस्तोता जेसी वाटर्सले ‘के सीआईएले तपाईँलाई आयातोल्लाह जुनियर समलिङ्गी भएको बताएको हो ?’ भनेर सोधेका थिए । यसको जवाफमा ट्रम्पले भने, ‘उनीहरूले त्यस्तो भनेका थिए, तर त्यो केवल उनीहरूले मात्र भनेका हुन कि होइन, म निश्चित छैन । धेरै मानिसहरूले पनि त्यही कुरा भनिरहेका छन् ।’ उनले यस दाबीलाई समर्थन गर्ने कुनै प्रमाण भने प्रस्तुत गरेनन् । 

    images
    images

    इरानमा समलिङ्गी सम्बन्ध गैरकानुनी मानिन्छ । इस्लामिक कानुन (शरिया)अन्तर्गत यस्ता सम्बन्धलाई इस्लामिक मूल्यविपरीत मानिन्छ र दण्डनीय अपराधको रूपमा लिइन्छ ।न्यूयोर्क पोष्टले यस अघि पनि ट्रम्पलाई यस विषयमा जानकारी दिइएको उल्लेख गरेको थियो । ट्रम्पले यसअघि अमेरिकी आक्रमणपछि इरानका नयाँ सर्वोच्च नेता जीवित नै छन् कि छैनन् भन्नेबारे पनि शङ्का व्यक्त गरेका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend