images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • इरान युद्धले पोलिङमा लाभ नदिएपछि तत्काल...

इरान युद्धले पोलिङमा लाभ नदिएपछि तत्काल चुनाव टार्न खोज्दैछन् नेतान्याहू

इरान युद्धले पोलिङमा लाभ नदिएपछि तत्काल चुनाव टार्न खोज्दैछन् नेतान्याहू

images
images
बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • तेल अभिभ । अहिले चलिरहेको इरान–अमेरिका युद्धको असरले जनमत सर्वेक्षणहरूमा अपेक्षित लाभ नपाएको अवस्थामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु  शीघ्र चुनाव टार्दै यस वर्षको बजेट पारित गर्न दौडधुप गरिरहेका छन् । युद्धको प्रारम्भिक दिनहरूमा नेतान्याहूको दक्षिणपन्थी गठबन्धनले अक्टोबर अघि चुनाव गराएर लाभ लिन सक्ने सम्भावना देखेको स्रोतले रायटर्सलाई बताएका थिए । तर चार हप्ता नाघ्दा पनि युद्धले इरानको धार्मिक नेतृत्वलाई उखेल्ने उद्देश्य पूरा गर्न सकेको छैन । यस्तोमा नेतान्याहू अब तत्काल चुनाव टार्न खोजिरहेका छन् ।निर्वाचन गराउने एउटा तरिका भने संसदमा मार्च ३१ मा बजेट पारित नगराउनु हो । यसो गर्दा इजरायली कानून अनुसार ९० दिनभित्र निर्वाचन गराउनु पर्छ । इरान युद्धमा अमेरिका र इजरायलले एक पछि अर्को गर्दै शीर्ष इरानी अधिकारीहरूलाई मारिरहँदा नेतान्याहुका केही विश्वासपात्रले सार्वजनिक रुपमा जुनमा निर्वाचन गराउने भनेका थिए । तर युद्ध थालिएको झन्डै चार हप्ता हुँदा यसले इरानको धार्मिक शासकलाई गिराउने उद्देश्य पूरा गर्न सकेको छैन ।

    images
    images

    यस्तोमा नेतन्याहु चुनाव टार्न खोजिरहेको नेतन्याहु सरकारका तीन सदस्यले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । यसका लागि बहुमत जुटाउन उनले आफ्नो राजनीतिक सहयोगीहरूलाई कोष उपलब्ध गराउने तिर लागेका छन् । आगामी हप्ताको म्यादभित्र  वित्त समितिबाट बजेटलाई छिटो पारित गराउने ध्याउन्नमा नेतन्याहु रहेको बताइएको छ । नेतान्याहूले सन् २०२३ देखि सार्वजनिक रूपमा युद्धको समयमा चुनाव अगाडि तान्ने प्रस्ताव अस्वीकार गर्दै आएका छन् । “म आशा गर्छु सरकारले आफ्नो कार्यकाल पूरा गरोस् ... अर्थात् चुनाव सेप्टेम्बर वा अक्टोबरमा होस्,” उनले मार्च १२ मा पत्रकारहरूलाई भनेका थिए ।

    युद्धले उनलाई गाजा विवादबाट ध्यान मोडाएर इरानविरुद्धको संयुक्त अभियानमा केन्द्रित गराएको भए पनि मतदाताको समर्थनमा ठुलो परिवर्तन आएको छैन । यरुशलमस्थित हिब्रु विश्वविद्यालयका राजनीतिक विज्ञ गिदोन राहतका अनुसार, करिब ४० प्रतिशत मतदाताले नेतान्याहूको गठबन्धनलाई समर्थन गरेका छन् । अरु ४० प्रतिशतको समर्थन विपक्षीलाई छ । बाँकी स्विंग भोट पनि नेतन्याहुतिर गएको छैन ।हालको पोलिङ अनुसार लिकुड पार्टीले १२० सदस्य रहेको नेसेटमा २८ सिट जित्ने देखिएको छ । यो हालको ३४ सिटभन्दा कम हो । लिकुड सबैभन्दा ठूलो पार्टी भएपनि गठबन्धन बहुमत पाउने छैन । यो ५१ सिटमा सीमित हुने अनुमान छ । नेतन्याहुको रणनीति समय किन्नु भएको विशेषज्ञहरूले बताएका छन् । युद्ध लामो समयसम्म जारी रहँदा जनतामा थकान बढिरहेको छ, जसले पनि तत्काल चुनावको सम्भावना अझै कम बनाएको विश्लेषक भन्छन् ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend