images

२०८३ आश्विन १९ गते

images
images
images

इरानी आक्रमणको जवाफ दिएको इजरायलको दावी

इरानी आक्रमणको जवाफ दिएको इजरायलको दावी

images
images
बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • काठमाडाैँ । इजरायली सेनाले बिहीबार इरानको क्षेप्यास्त्र आक्रमणको जवाफ दिएको दावी गरेको छ । सेनाले विज्ञप्ति जारी गर्दै इरानबाट इजरायलको क्षेत्रमा प्रहार गरिएका क्षेप्यास्त्रहरूको स्पष्ट पहिचान गरी जवाफ दिएको उल्लेख गर्दै खतरा रोक्नका लागि रक्षात्मक प्रणालीहरू सञ्चालन भइरहेको जानकारी दिएको छ ।पहिलो आक्रमण पछि सेनाले स्थानीय वासिन्दाहरुलाई देशका विभिन्न क्षेत्रका संरक्षित ठाउँ छोड्न अनुमति दिइएको थियो । इजरायलको “म्यागेन डेभिड एडम” आपतकालीन चिकित्सा सेवाले आक्रमणमा कुनै हताहतको रिपोर्ट नभएको बताएको छ ।

    images
    images

    सेनाले यसअघि इरानबाट मिसाइल आक्रमण हुने घोषणा गरेको १४ घण्टापछि यो आक्रमण भएको जनाइएको छ । इजरायलमा लेबनानबाट रातारात आक्रमण भएको थियो, जहाँ इरान समर्थित लडाकु समूह हेजबुल्लाहले सैन्य स्थलहरूलाई लक्षित गरी श्रृङ्खलाबद्ध आक्रमण गरेको दाबी गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend