images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • प्राविधिक र प्रणालीगत सुधारमा प्राधिकरणको ध्यान...

प्राविधिक र प्रणालीगत सुधारमा प्राधिकरणको ध्यान : बिजुलीको विश्वसनीयतामा वृद्धि

प्राविधिक र प्रणालीगत सुधारमा प्राधिकरणको ध्यान : बिजुलीको विश्वसनीयतामा वृद्धि

images
images
बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • काठमाडौँ । विद्युत् ट्रिपिङको सङ्ख्या र रोकावटको समय गत आर्थिक वर्षको तुलनामा उल्लेख्य मात्रामा घटेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८१/०८२ को तुलनामा आर्थिक वर्ष ०८२/०८३ मा सबै प्रदेश र केन्द्रमा छिनछिनमा विद्युत् जाने (ट्रिपिङ) को सङ्ख्या र रोकावटको समय उल्लेख्य मात्रामा घटेको देखाएको छ । तथा वितरण लाइन र सब स्टेसन सुदृढीकरणसँगै प्राविधिक समस्या देखिएका ठाउँमा तत्काल गरिएको सुधार लगायतका कारण ट्रिपिङको समस्या गत वर्षको तुलनामा उल्लेख्य मात्रामा घटेको प्राधिकरणको भनाइ छ । ‘आर्थिक वर्ष आर्थिक वर्ष  ०८१/०८२ को आर्थिक वर्ष ०८२/०८३ को तुलनामा प्रत्येक महिनामा विद्युत्को ट्रिपिङको सङ्ख्या र रोकावटको समय दुवै घटेको तथ्याङ्कले नै देखाउँछ,’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, ‘तथ्याङ्कले नै बिजुलीको विश्वसनीयता उल्लेख्य वृद्धि भएको देखाउँछ ।’ 

    images
    images

    उनले विद्युतको ट्रिपिङको सङ्ख्या र रोकावटको समय दुवै घट्दा त्यसले विद्युत् ग्राहकलाई प्रशस्त राहत भएको उल्लेख गरे । ‘एक वर्ष अघि जति ट्रिपिङ हुन्थ्यो त्यसमा यो वर्ष उल्लेख्य सुधार भएको छ भन्ने तथ्य तथ्याङ्कले नै देखाउँछ,’ शाक्यले भने, ‘प्राधिकरणले पछिल्लो समय प्राविधिक सुधार, प्रणालीगत सुधार, दक्ष जनशक्तिलाई तालिमसहित मर्मत सुधारमा अहोरात्र खटाएर गरेको व्यवस्थापन लगायतको परिणाम हो यो ।’उनले ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्ने, त्यहाँको लोड अन्त सार्ने लगायतका काममा प्राधिकरण निरन्तर खटिरहेको जानकारी दिए । ट्रिपिङको सङ्ख्या र रोकावटको समय दुवै उल्लेख्य रूपमा घट्दा पनि विद्युत् ग्राहकले विगत बिर्सिएर खासै महसुस गर्न नसकेका हुन् कि भन्दै प्राधिकरणले यस्ता सकारात्मक कुरा सञ्चारको माध्यमबाट ग्राहकसम्म पुग्ने हो भने त्यसले सकारात्मक सन्देश दिने पनि आशा गरेको छ ।  

    शाक्यले भने जस्तै प्राधिकरणको तथ्याङ्कअनुसार पनि ०८१/०८२ को तुलनामा आर्थिक वर्ष ०८२/०८३ मा सात वटै प्रदेश र केन्द्रमा पनि ट्रिपिङ उल्लेख्य रूपमा घट्दै गएको देखाएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष हरेक महिना ट्रिपिङको सङ्ख्या र रोकावटको समयमा सुधार हुँदै आएको देखिएको छ ।तथ्याङ्क अनुसार आर्थिक वर्ष  ०८१/०८२ को साउनमा १ सय २९ पल्ट ट्रिपिङ भएको देखाएको छ । उक्त महिना ट्रिपिङका कारण ५९ घण्टा विद्युत् अवरोध भएको थियो । आर्थिक वर्ष ०८२/०८३ को  त्यही महिनामा १ सय १५ पल्ट ट्रिपिङ भएको देखाएको छ ।ट्रिपिङका कारण ४४ घण्टा विद्युत् अवरोध भएको देखाएको छ ।  आर्थिक वर्ष  ०८१/०८२ को  भदौमा  १ सय  २८ पल्ट ट्रिपिङ भएको देखाएको छ । ट्रिपिङका कारण ६४ घण्टा  विद्युत् अवरोध भएको देखाएको छ । आर्थिक वर्ष ०८२/०८३ को  भदौमा १ सय १५ पल्ट ट्रिपिङ भएको देखाएको छ । ट्रिपिङका कारण ४१ घण्टा  विद्युत् अवरोध भएको देखाएको छ । त्यसैगरी आर्थिक वर्ष ०८१/०८२ को असोजमा १ सय १२ पल्ट ट्रिपिङ भएको देखाएको छ । ट्रिपिङका कारण ६१ घण्टा  विद्युत् अवरोध भएको देखाएको छ । आर्थिक वर्ष ०८२/०८३ को असोजमा ९८ पल्ट ट्रिपिङ भएको देखाएको छ । ट्रिपिङका कारण सो महिना ६१ घण्टा विद्युत् अवरोध भएको देखाएको छ । 

    images
    images

    त्यस्तै, आर्थिक वर्ष  ०८१/०८२ को कात्तिकमा ७१ पल्ट ट्रिपिङ भएको देखाएको छ । ट्रिपिङका कारण ३८ घण्टा  विद्युत् अवरोध भएको देखाएको छ । आर्थिक वर्ष ०८२/०८३ को त्यही महिनामा ५९ पल्ट ट्रिपिङ भएको देखाएको छ ।ट्रिपिङका कारण सो महिना ३१ घण्टा विद्युत् अवरोध भएको देखाएको छ ।आर्थिक वर्ष  ०८१/०८२ को मंसिरमा ६८ पल्ट ट्रिपिङ भएको देखाएको छ । ट्रिपिङका कारण ३२ घण्टा विद्युत् अवरोध भएको देखाएको छ । आर्थिक वर्ष ०८२/०८३ को मंसिरमा ३२ पल्ट ट्रिपिङ भएको देखाएको छ । ट्रिपिङका कारण सो महिना १४ घण्टा मात्रै विद्युत् अवरोध भएको देखाएको छ ।आर्थिक वर्ष  ०८१/०८२ को पुसमा ५९ पल्ट ट्रिपिङ भएको देखाएको छ । ट्रिपिङका कारण २८ घण्टा  विद्युत् अवरोध भएको देखाएको छ । आर्थिक वर्ष ०८२/०८३ को पुसमा ५० पल्ट ट्रिपिङ भएको देखाएको छ । ट्रिपिङका कारण सो महिना १३ घण्टा मात्रै विद्युत् अवरोध भएको देखाएको छ ।आर्थिक वर्ष  ०८१/०८२ को माघमा ५४ पल्ट ट्रिपिङ भएको देखाएको छ । ट्रिपिङका कारण २७ घण्टा  विद्युत् अवरोध भएको देखाएको छ । आर्थिक वर्ष ०८२/०८३ को माघमा ४४ पल्ट ट्रिपिङ भएको देखाएको छ । ट्रिपिङका कारण सो महिना १२ घण्टा मात्रै विद्युत् अवरोध भएको देखाएको छ । त्यसैगरी आर्थिक वर्ष ०८१/०८२ को फागुनमा ६६ पल्ट ट्रिपिङ भएको देखाएको छ । ट्रिपिङका कारण ३२ घण्टा विद्युत् अवरोध भएको देखाएको छ । 

    आर्थिक वर्ष ०८२/०८३ को फागुनमा ४७ पल्ट ट्रिपिङ भएको देखाएको छ । ट्रिपिङका कारण सो महिना १२ घण्टा मात्रै विद्युत् अवरोध भएको देखाएको छ । साउनदेखि फागुनसम्मको अवधिलाई हेर्दा ०८१/०८२ को तुलनामा आर्थिक वर्ष ०८२/०८३ मा ट्रिपिङ उल्लेख्य मात्रामा घटेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।  सातवटै प्रदेशको तथ्याङ्कलाई हेर्दा पनि यहि अवस्था देखिन्छ ।  चैत, वैशाख, जेठ र असारमा भने ट्रिपिङको समस्या अन्य महिनाको तुलनामा बढी हुने भन्दै प्राधिकरणले आर्थिक वर्ष ०८१/०८२ को तुलनामा यो आर्थिक वर्षमा ती महिनामा पनि ट्रिपिङ घट्नेमा पूर्ण आशावादी रहेको बताएको छ । आर्थिक वर्ष ०८१/०८२ को चैतमा ८६, वैशाखमा १ सय ९, जेठमा १ सय ५०, र असारमा १ सय ५३ पटक ट्रिपिङ हुँदा क्रमशः ४२,५७,८४ र ६५ घण्टा अवरोध भएको थियो । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन चालिएका सकारात्मक कदमका कारण यो सम्भव भएको बताएको छ ।  प्राधिकरणले गत आर्थिक वर्षको वैशाख, जेठ र असारमा हावाहुरी र पानीका कारण ट्रिपिङको समस्या बढेको भन्दै यो वर्ष पनि त्यही कारणले बढ्न सक्ने तर, पनि त्यही कारणले बढ्न सक्ने तर, यी महिनामा पनि अघिल्लो वर्षको तुलनामा कम गर्ने तयारीमा रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend