images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • अमेरिका–इरान युद्धमा शान्तिको झिनो आशा देखियो...

अमेरिका–इरान युद्धमा शान्तिको झिनो आशा देखियो : चीन

अमेरिका–इरान युद्धमा शान्तिको झिनो आशा देखियो : चीन

images
images
बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • बेइजिङ । अमेरिका र इरानबिच जारी युद्धका बिच चीनले शान्तिको नयाँ सम्भावना देखिएको बताएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले इजिप्ट र टर्कीका आफ्ना समकक्षीहरूसँग टेलिफोन वार्ता गर्दै युद्धरत पक्षहरूबिच संवाद गराउन विश्वव्यापी प्रयासको आवश्यकता औँल्याएका हुन्।

    images
    images

    चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार दुवै देश अमेरिका र इरानले वार्ताका लागि इच्छुक रहेको सङ्केत दिएकाले यसलाई शान्तिको एउटा ‘झिल्को’ का रूपमा लिन सकिने वाङले बताएका छन्। इजिप्टका विदेशमन्त्री बद्र अब्देलातीसँगको कुराकानीमा वाङले अहिलेको परिस्थितिमा अन्तर्राष्ट्रिय समुदायले युद्धरत पक्षहरूलाई वार्ताको टेबलमा ल्याउन सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।उनले जबसम्म वार्ता सुरु हुँदैन तबसम्म शान्तिको आशा गर्न नसकिने तर संवादको प्रक्रिया सुरु हुनासाथ निकास निस्कने विश्वास व्यक्त गरे। चीनले इरान र अमेरिका दुवै पक्षबाट प्राप्त भएका सकारात्मक सङ्केतहरूलाई शान्ति स्थापनाको आधार मानेको छ।

    यसैगरी टर्कीका विदेशमन्त्री हाकान फिदानसँगको संवादमा पनि वाङले सोही कुरा दोहोर्‍याएका छन्। उनले कायरो (इजिप्ट) र अङ्कारा (टर्की) ले युद्ध रोक्न र दुई देशबिच मध्यस्थता गर्न गरिरहेको प्रयासलाई चीनको पूर्ण समर्थन रहने प्रतिबद्धता जनाए।अमेरिका र इरानबिचको तनावले विश्व अर्थतन्त्र र सुरक्षामा गम्भीर असर पारिरहेका बेला बेइजिङले कूटनीतिक सक्रियता बढाएको हो। चीनले सधैँ सैन्य कारबाहीको विपक्षमा उभिएर राजनीतिक समाधान खोज्नुपर्ने अडान राख्दै आएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend