images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार गरेपछि...

इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार गरेपछि तेलकाे मूल्य वृद्धि

इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार गरेपछि तेलकाे मूल्य वृद्धि

images
images
बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • काठमाडाैँ । विश्व बजारमा कच्चा तेलको मूल्य बिहीबार बढेको छ । इरानले अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता नगर्ने स्पष्ट पारेपछि बजारमा अनिश्चितता बढ्दै गएसँगै तेलको मूल्य उकालो लागेको हो ।यो समाचार तयार पार्दासम्म नेपाली समय अनुसार बिहान १०ः ५० बने अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य १ दशमलव ६ प्रतिशतले बढेर प्रति ब्यारेल १०३ डलर ८५ सेन्टमा पुगेको छ । त्यस्तै, वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को मूल्य १ दशमलव ९८ प्रतिशतले बढेर ९१ डलर ६१ सेन्टमा कारोबार भइरहेको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण विश्व ऊर्जा बजारमा अस्थिरता देखिँदा तेल मूल्यमा थप दबाब परेको विश्लेषकहरूले बताएका छन् ।

    images
    images

    इरानका विदेशमन्त्री अब्बास अराघचीले बुधबार सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै हालका लागि अमेरिकासँग वार्ता गर्ने कुनै योजना नरहेको बताएका छन् । उनले तेहरान र वासिङ्टनबिच मैत्रीपूर्ण देशहरूमार्फत सन्देश आदान–प्रदान भइरहेको स्वीकार गरे पनि त्यसलाई औपचारिक वार्ता मान्न नहुने स्पष्ट पारे ।यसप्रति प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्व वार्ता भइरहेको कुरा स्वीकार गर्न “डराइरहेको” आरोप लगाएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend