images

२०८३ आश्विन १७ गते

images
images
images

१५ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

१५ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

images
images
बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १५ रुपैयाँले वृद्धि गरेको छ। नयाँ मूल्य आजदेखि लागू भएको छ। काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल लिटरको १८७ रुपैयाँ कायम गरिएको छ भने सुर्खेत र दाङमा १८६ रुपैयाँ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्जमा १८४.५० रुपैयाँ कायम गरिएको छ।

    images
    images

    निगमका अनुसार, विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। यसबाट १६–३१ मार्च बीच रु ५ अर्ब घाटा हुने देखिएको थियो भने आगामी १५ दिनमा थप १५ अर्ब घाटाको प्रक्षेपण गरिएको छ।यस विषम परिस्थितिमा निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ। साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य कम भएलगत्तै तत्काल मूल्य घटाइने जानकारी पनि दिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend