images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • एसियाली अर्थतन्त्रको तीव्र विस्तार, विश्वमा प्रभाव...

एसियाली अर्थतन्त्रको तीव्र विस्तार, विश्वमा प्रभाव बढ्दो : प्रतिवेदन

एसियाली अर्थतन्त्रको तीव्र विस्तार, विश्वमा प्रभाव बढ्दो : प्रतिवेदन

images
images
बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • काठमाडाैँ ।  एसिया अझै पनि विश्व आर्थिक वृद्धिको प्रमुख चालकका रूपमा कायम रहेको एक नयाँ प्रतिवेदनले देखाएको छ । मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार विश्व कुल गार्हस्थ उत्पादनमा एसियाको हिस्सा निरन्तर बढिरहेको छ ।‘एसियाली आर्थिक दृष्टिकोण तथा एकीकरण प्रगति वार्षिक प्रतिवेदन २०२६’ अनुसार सन् २०२६ मा एसियाली अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । विश्व अर्थतन्त्रमा एसियाको हिस्सा २०२५ को ४९.२ प्रतिशतबाट बढेर ४९.७ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।संस्थाका महासचिव झाङ जुनले ‘एसियाली शताब्दी’ सुरु भइसकेको धारणा बलियो बन्दै गएको बताएका छन् । उनले चुनौतीहरू भए पनि एसियाली अर्थतन्त्र लचिलो र सकारात्मक दिशामा रहेको उल्लेख गरे ।

    images
    images

    सन् २००१ मा स्थापना भएको उक्त संस्था एक गैर–सरकारी, गैरनाफामुखी अन्तर्राष्ट्रिय संस्था हो, जसले क्षेत्रीय आर्थिक एकीकरणलाई प्रोत्साहन गर्छ । यस वर्षको सम्मेलन मार्च २४ देखि २७ सम्म हैनानमा ‘साझा भविष्य निर्माणः नयाँ गतिशीलता, नयाँ अवसर, नयाँ सहकार्य’ नारासहित आयोजना भइरहेको छ ।प्रतिवेदन अनुसार एशिया विदेशी लगानीका लागि अझै पनि प्रमुख गन्तव्य बनेको छ, जहाँ चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको समूह सबैभन्दा आकर्षक केन्द्रका रूपमा देखिएका छन् ।प्रविधि क्षेत्रमा पनि एसिया तीव्र रूपमा अगाडि बढिरहेको छ । कृत्रिम बुद्धिमत्ता विकासको केन्द्र क्रमशः युरोप र अमेरिकाबाट एशियातर्फ सर्दै गएको उल्लेख गरिएको छ । ठूलो डिजिटल जनसङ्ख्या, विविध प्रयोग प्रणाली र स्पष्ट नीतिका कारण एशियाली देशहरू यस क्षेत्रमा अग्रणी बन्दै गएका छन् ।

    साथै, दिगो विकासतर्फ एसिया महत्त्वपूर्ण शक्तिका रूपमा उदाउँदै गएको छ । परम्परागत ऊर्जाको ठूलो उपभोक्ता रहँदै आएको एशिया अहिले स्वच्छ तथा हरित ऊर्जाको विकासमा अग्रणी बन्दै गएको प्रतिवेदनले जनाएको छ ।क्षेत्रीय व्यापारमा पनि सुधार देखिएको छ । एसियाभित्रकै व्यापार निर्भरता २०२३ मा ५६.३ प्रतिशतबाट बढेर २०२४ मा ५७.२ प्रतिशत पुगेको छ, जसले क्षेत्रीय आर्थिक एकीकरण बलियो बन्दै गएको सङ्केत गर्छ ।विशेषज्ञहरूका अनुसार एसिया विश्व सेवा व्यापारको मुख्य चालक बन्ने दिशामा अघि बढिरहेको छ । डिजिटल पूर्वाधारमा लगानी, ठूलो बजारको माग र क्षेत्रीय सहकार्यले यो परिवर्तनलाई गति दिएको हो ।यसैबिच ‘चीन वर्ष’ पनि यसै वर्ष परेको छ । ‘साझा समृद्धिका लागि एशिया–प्रशान्त समुदाय निर्माण’ भन्ने नारासहित चीनले नोभेम्बरमा ३३औँ आर्थिक नेताहरूको बैठक आयोजना गर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend