images

२०८३ आश्विन १९ गते

images
images
images

अमेरिकाले पठायो इरानलाई वार्ताका एजेन्डा

अमेरिकाले पठायो इरानलाई वार्ताका एजेन्डा

images
images
मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • काठमाडौँ । अमेरिका र इरानबिच बढ्दो तनावका बीच कूटनीतिक वार्ताको नयाँ सम्भावना देखिएको समाचार प्रकाशमा आएको छ । बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजको रिपोर्ट अनुसार मध्यस्थकर्ताहरू मार्फत अमेरिकाले छलफलका लागि इरानललाई केही मुद्दा (एजेन्डा) हरूको सूची पठाएको छ । इरानी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार इरानले अहिले ती प्राप्त एजेन्डाहरूको समीक्षा गरिरहेको छ। यद्यपि, यो कदम वार्ताको एउटा सम्भावित प्रारम्भिक खुड्किलो मात्र भएको र हालसम्म कुनै पनि औपचारिक वार्ता पक्का भइनसकेको रिपोर्टमा उल्लेख छ।

    images
    images

    यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने विषयमा कुराकानी भएको दाबी गरेका थिए। तर, इरानले भने ट्रम्पको उक्त दाबीलाई तत्कालै खण्डन गर्दै कुनै पनि वार्ता नभएको बताएको थियो। यी विरोधाभासी रिपोर्टहरूका बीच नयाँ एजेन्डा प्राप्त हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend