images

२०८३ आश्विन १७ गते

images
images
images

महोत्तरीमा एसइई दिने छात्राको संख्या बढ्यो

महोत्तरीमा एसइई दिने छात्राको संख्या बढ्यो

images
images
मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • बर्दिबास, चैत १० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि महोत्तरी जिल्लामा यस वर्ष परीक्षार्थीको संख्या उल्लेख्य रूपमा बढेको छ। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने परीक्षामा गत वर्षको तुलनामा करिब ३ प्रतिशत बढी परीक्षार्थी सहभागी हुँदैछन्।शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीका अनुसार यस वर्ष जिल्लाबाट कुल ११ हजार ५०० परीक्षार्थी परीक्षा दिनेछन्। यसमध्ये नियमित साधारणतर्फ आठ हजार ४०५ जना, प्रविधिकतर्फ ४०० जना र ग्रेड बृद्धितर्फ दुई हजार ६९७ जना परीक्षार्थी रहेका छन्। यस वर्ष छात्राको संख्या ६ हजार ५५ जना पुगेको छ, जुन गत वर्षको ५ हजार ४६६ भन्दा ५८९ बढी हो।

    images
    images

    इकाई कार्यालयका परीक्षा फाँटका पंकज झाले जानकारी दिनुभयो कि परीक्षार्थी संख्या बढेसँगै यस वर्ष नयाँ परीक्षा केन्द्र थप गरी कुल ३३ केन्द्र तोकिएको छ। नयाँ थपिएको केन्द्र “मावि पर्सापतेल” हो। अन्य केन्द्रहरूमा अधिकतम विधार्थी ४७० ९मावि भोइल, औरही नगरपालिका० र न्यूनतम २०५ ९मावि भंगाहा, सीतापुर० रहेका छन्।जिल्लाका १०९ सामुदायिक र ३७ संस्थागत विद्यालय गरी कुल १४६ विद्यालय यस वर्ष एसइईमा सहभागी छन्, जुन गत वर्षको १३७ विद्यालयभन्दा बढी हो। परीक्षा समन्वय समितिले ३३ केन्द्राध्यक्ष, ५७ सह–केन्द्राध्यक्ष, ९८ परीक्षा सहायक, ५५१ निरीक्षक र २२१ कार्यालय सहयोगीसहित ८०८ परीक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ। सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले ४९५ सुरक्षाकर्मी परिचालन हुने र आवश्यकता परे थप सहयोग लिइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो।

    यस पटक छात्राको संख्या बढी भए पनि महिला केन्द्राध्यक्षको अनुपस्थितिले अभिभावक र विधार्थीले गुनासो पोखेका छन्। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख वरुण कुमार चौधरीले भन्नुभयो, “माध्यमिक शिक्षा परीक्षा बोर्डको प्रावधान अनुसार केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्ति गरिन्छ। सबै प्रधानाध्यापक पुरुष भएकाले महिला केन्द्राध्यक्ष राख्न सकिएन, कुनै अन्यथा गरिएको छैन।”प्रमुख जिल्ला अधिकारी यादवले परीक्षालाई स्वच्छ, मर्यादित र विवादरहित बनाउन सम्पूर्ण व्यवस्थापन मिलाइएको दाबी गर्नुभयो। केन्द्राध्यक्षहरूलाई परीक्षा कार्यविधि र आचारसंहिताको पूर्ण पालनाका लागि तालिम दिने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। “परीक्षालाई शान्तिपूर्ण बनाउन शिक्षक, विद्यार्थी, अभिभावक र नागरिक समाज सबैको दायित्व हुन्छ,” उहाँले आग्रह गर्नुभयो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend