images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • अमेरिकाले विश्वभर रहेका आफ्ना नागरिकका लागि...

अमेरिकाले विश्वभर रहेका आफ्ना नागरिकका लागि जारी गर्‍यो यस्तो चेतावनी

अमेरिकाले विश्वभर रहेका आफ्ना नागरिकका लागि जारी गर्‍यो यस्तो चेतावनी

images
images
सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • काठमाडौँ । पश्चिम एशियामा बढ्दो तनावलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकहरूका लागि नयाँ सुरक्षा चेतावनी जारी गरेको छ। अमेरिकी विदेश विभागले सामाजिक सञ्जाल 'एक्स' मार्फत एक विशेष सूचना सार्वजनिक गर्दै विश्वभर र विशेषगरी पश्चिम एशियामा रहेका आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अपील गरेको हो।

    images
    images

    जारी चेतावनीमा द्वन्द्वका कारण समय-समयमा हवाई क्षेत्र बन्द हुन सक्ने हुनाले नागरिकहरूको नियमित यात्रामा अवरोध पुग्न सक्ने उल्लेख छ। विदेश मन्त्रालयले पश्चिम एशिया बाहिरका क्षेत्रहरूमा रहेका अमेरिकी कूटनीतिक नियोगहरू समेत लक्षित हुन सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ । अमेरिकी सुरक्षा अधिकारीहरूले इरान समर्थित समूहहरूले विदेशमा रहेका अमेरिकी नागरिक र अमेरिकी स्वार्थसँग जोडिएका स्थानहरूलाई निशाना बनाउन सक्ने सम्भावना औंल्याएको समाचारमा उल्लेख छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend