images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • सरकार गठनको दौडसँगै बालेन्द्र शाहको ‘सोसल...

सरकार गठनको दौडसँगै बालेन्द्र शाहको ‘सोसल कनेक्ट’ कायम

सरकार गठनको दौडसँगै बालेन्द्र शाहको ‘सोसल कनेक्ट’ कायम

images
images
आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सम्भावित नयाँ सरकारबारे देशभर चासो बढिरहेका बेला उनी भने राजनीतिक व्यस्तताका बीच पनि सामाजिक सञ्जालमा उस्तै सक्रिय देखिएका छन्।

    images
    images

    शनिवार राति फेसबुकमार्फत आफ्ना निकट सहयोगीहरूसँगको हल्का संवादले उनको पुरानै ‘स्टाइल’ अझै कायम रहेको संकेत दिएको छ। काठमाडौं महानगरपालिकाको मेयर हुँदा जस्तै, अहिले प्रधानमन्त्री बन्ने तयारीकै बीच पनि उनले सामाजिक सञ्जाललाई ‘मुड फ्रेस’ गर्ने माध्यमका रूपमा प्रयोग गरिरहेका छन्।

    उनका सहयोगी भिक्टर पौडेलले अंग्रेजीमा लेखेको स्टाटसमा बालेनले रोमन नेपालीमा प्रतिक्रिया दिँदै जिस्किने शैली देखाए। त्यसपछि भिक्टर र अर्का सहयोगी कुमार बेनसँग पनि उनको मजाकपूर्ण संवाद चल्यो। यसले देखाउँछ कि उच्च राजनीतिक जिम्मेवारीको तयारीमा रहेका बेला पनि उनी व्यक्तिगत स्तरमा सहज र अनौपचारिक रूपमा प्रस्तुत भइरहेका छन्।

    images
    images

    यता, रवि लामिछाने सहितका शीर्ष नेताहरूले सरकार गठनबारे छलफललाई तीव्र बनाइरहेका छन्। उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्ले सहितको टोलीले बालेनसँग भेट गरी सरकारको संरचना र प्राथमिकताबारे प्रारम्भिक छलफल गरेको स्रोतले जनाएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बन्ने सम्भावित सरकार कस्तो हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन। तर जेन–जी पुस्ताको समर्थन र वैकल्पिक राजनीतिक धारको अपेक्षासहित अघि बढिरहेका बालेनले परम्परागत शैलीभन्दा फरक, केही नयाँ प्रयोग गर्ने संकेत भने देखिएको छ।

    राजनीतिक जिम्मेवारीको उच्चतम चरणमा पुग्दै गर्दा पनि सामाजिक सञ्जालमा उनको सक्रियता र अनौपचारिकता कायम रहनु—उनको नेतृत्व शैली कस्तो हुन सक्छ भन्नेबारे थप बहसको विषय बनेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend