images

२०८३ आश्विन २२ गते

images
images
images

नेपाल तरुण दलद्वारा रक्तदान कार्यक्रम

नेपाल तरुण दलद्वारा रक्तदान कार्यक्रम

images
images
सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • काठमाडौँ । नेपाल तरूण दल केन्द्रीय कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । गत साता देशमा देशका विभिन्न स्थानमा गएको बाढी पहिरोमा परेर विभिन्न रोगको संक्रमणमा परेका, डेङ्गु र अन्य रोगको बढ्दो सक्रमणका कारण स्वास्थ उपचार गरिरहेका बिरामीहरूलाई रगत उपलव्ध गराउने उद्धेश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । 

    images
    images

    विभिन्न अस्पतालहरूमा रगतको अभाव रहेकोले सो अभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको तरुण दलका केन्द्रीय सदस्य जयराम दाहालले बताए ।  त्रिचन्द्र क्याम्पसमा आयोजित रक्तदान कार्यक्रम पार्टीका सहमहामन्त्री एवं  नेपाल तरूण दलका केन्द्रीय निर्देशन समिति  संयोजक महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा भएको थियोे । 

    उपाध्यायले नेपाल तरूण दलको महाधिवेशन तोकिएको समयमा नै हुने र  सधैं तरूण दलले यस्तै  रचनात्मक कार्यक्रम गरिरहनुपर्ने कुरामा जोड दिइन् ।  कार्यक्रम केन्द्रीय सदस्य रोजन राईको संयोजकत्वमा भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend