images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • प्रिमियम पेट्रोल महँगो, नियमित पेट्रोलको मूल्य...

प्रिमियम पेट्रोल महँगो, नियमित पेट्रोलको मूल्य स्थिरः आईओसी

प्रिमियम पेट्रोल महँगो, नियमित पेट्रोलको मूल्य स्थिरः आईओसी

images
images
शनिवार, चैत्र ७ २०८२
शनिवार, चैत्र ७ २०८२
  • नयाँदिल्ली । भारतीय तेल कम्पनी इन्डियन आयल कर्पोरेसन (आईओसी) ले विश्वव्यापी कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भए पनि भारतमा अटोमोटिभ इन्धनको खुद्रा मूल्य यथावत् राखिएको जनाएको छ।

    images
    images

    कम्पनीका अनुसार पछिल्ला २० दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७१ अमेरिकी डलरबाट बढेर १५६ अमेरिकी डलरसम्म पुगेको छ। तर, यस्तो वृद्धिका बाबजुद भारतमा नियमित पेट्रोल र डिजेलको मूल्यमा कुनै परिवर्तन गरिएको छैन।

    आईओसीले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ, “विश्वव्यापी रूपमा इन्धनको मूल्य बढे पनि भारतमा अटोमोटिभ इन्धनको मूल्यमा वृद्धि गरिएको छैन।”

    images
    images

    “इन्डियन आयलले प्रिमियम पेट्रोल एक्सपी–९५ (जुन कुल पेट्रोल बिक्रीको लगभग ५ प्रतिशत हो) को मूल्यमा प्रति लिटर २ रुपैयाँले मात्र वृद्धि गरेको छ।” यो प्रिमियम पेट्रोल कुल पेट्रोल बिक्रीको करिब ५ प्रतिशत हिस्सा मात्र ओगट्ने बताइएको छ। उच्च अक्टेनयुक्त यो इन्धन विशेष गरी उच्च प्रदर्शन तथा उच्च–कम्प्रेसन इन्जिन भएका सवारीसाधनका लागि प्रयोग गरिन्छ।

    यसैबीच हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेडले आपूर्ति अवस्थाबारे स्पष्ट पार्दै कच्चा तेलको आपूर्तिमा कुनै अवरोध नरहेको जनाएको छ। कम्पनीले सामाजिक सञ्जालमार्फत अतिरिक्त कन्साइनमेन्टहरू आउने क्रममा रहेको र आगामी दिनहरूमा आपूर्ति अझ मजबुत हुने उल्लेख गरेको छ।

    ऊर्जा बजारमा बढ्दो दबाबका बीच भारतले इन्धन मूल्य स्थिर राख्ने नीति अपनाएको देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend