images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • चीनले मल निर्यात रोक्यो, विश्वव्यापी आपूर्तिमा...

चीनले मल निर्यात रोक्यो, विश्वव्यापी आपूर्तिमा सङ्कट

चीनले मल निर्यात रोक्यो, विश्वव्यापी आपूर्तिमा सङ्कट

images
images
शुक्रवार, चैत्र ६ २०८२
शुक्रवार, चैत्र ६ २०८२
  • चीनले आन्तरिक बजारको आपूर्ति सुरक्षित राख्ने उद्देश्यले कृषि मलको निर्यात घटाउने निर्णय गरेको उद्योग स्रोतहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यो कदमले अमेरिका, इजरायल र इरान बीचको द्वन्द्वका कारण पहिलेदेखि नै दबाबमा रहेको विश्व मल बजारमा थप प्रभाव पार्न सक्ने देखिएको छ।

    images
    images

    स्रोतहरूका अनुसार मार्चको मध्यतिर बेइजिङले नाइट्रोजन–पोटासियम मिश्रित मल तथा केही प्रकारका फस्फेट मलको निर्यातमा रोक लगाएको हो। यसअघि नै युरियामा लागू गरिएको कोटा र प्रतिबन्ध कायमै रहँदा अब चीनबाट सीमित मात्रामा, विशेषगरी अमोनियम सल्फेट जस्ता मल मात्रै निर्यात गर्न पाइने अवस्था बनेको छ। यस नीतिका कारण चीनको अघिल्लो वर्षको मल निर्यातको ठूलो हिस्सा प्रभावित हुने अनुमान गरिएको छ। करिब कुल निर्यातको आधादेखि तीन-चौथाइसम्म हिस्सा रोकिन सक्ने, अर्थात् झन्डै ४ करोड मेट्रिक टनसम्म प्रभावित हुन सक्ने बताइएको छ। चीन विश्वका प्रमुख मल निर्यातकहरूमध्ये एक हो र गत वर्ष मात्रै १३ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको मल निर्यात गरेको थियो।

    यसैबीच,होर्मुज स्ट्रेट हुँदै हुने ढुवानी प्रभावित भइरहेका बेला यो निर्णय सार्वजनिक भएको हो। यो समुद्री मार्गमार्फत हुने ढुवानीले विश्वको समुद्री आपूर्तिको करिब एक तिहाइ हिस्सा ओगट्ने बताइन्छ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend