images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • पश्चिम एसिया द्वन्द्वले विश्व व्यापारमा असर,...

पश्चिम एसिया द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

पश्चिम एसिया द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

images
images
शुक्रवार, चैत्र ६ २०८२
शुक्रवार, चैत्र ६ २०८२
  • काठमाडाैँ । विश्व व्यापार सङ्गठनले सन् २०२५ मा अपेक्षाभन्दा राम्रो प्रदर्शनपछि सन् २०२६ मा विश्वव्यापी व्यापार वृद्धि सुस्त हुने जनाएको छ । सङ्गठनले जारी गरेको पछिल्लो प्रतिवेदनमा पश्चिम एसियामा जारी द्वन्द्वले विश्व व्यापारमा थप दबाब सिर्जना गर्न सक्ने चेतावनी दिएको छ।प्रतिवेदनअनुसार ऊर्जा मूल्यमा ठूलो झट्का नपरेको अवस्थामा वस्तु व्यापार वृद्धि सन् २०२५ को ४ दशमलव ६ प्रतिशतबाट घटेर सन् २०२६ मा १ दशमलव ९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । त्यसपछि सन् २०२७ मा यो वृद्धि पुनः २ दशमलव ६ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ।

    images
    images

    सेवा व्यापार वृद्धि सन् २०२६ मा ४ दशमलव ८ प्रतिशतमा सीमित हुने र सन् २०२७ मा ५ दशमलव १ प्रतिशतमा बढ्ने प्रक्षेपण गरिएको छ । समग्रमा वस्तु र सेवा व्यापार सन् २०२६ मा २ दशमलव ७ प्रतिशतले बढ्नेछ, जुन सन् २०२५ मा ४ दशमलव ७ प्रतिशत थियो ।विश्व अर्थतन्त्रको वृद्धि पनि केही सुस्त हुने अनुमान गरिएको छ । सन् २०२५ को २ दशमलव ९ प्रतिशतबाट सन् २०२६ र २०२७ मा २ दशमलव ८ प्रतिशतमा सीमित रहने बताइएको छ ।तर, पश्चिम एसियामा जारी द्वन्द्वले ऊर्जा बजारमा अवरोध पुर्‍याएमा यी अनुमानहरू अझ बिग्रन सक्ने चेतावनी दिइएको छ । द्वन्द्वका कारण विश्वव्यापी ढुवानी प्रभावित भएको, तेलको मूल्य तीव्र रूपमा बढेको र अर्थतन्त्रमा अस्थिरता आएको जनाइएको छ ।

    यूरोपमा ग्यास र तेलको मूल्य तीव्र रूपमा बढेको छ । द्वन्द्व सुरु हुनु अघि भन्दा ग्यासको मूल्य दोब्बरभन्दा बढी भइसकेको छ । कच्चा तेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ ।यदि सन् २०२६ भरि ऊर्जा मूल्य उच्च रह्यो भने वस्तु व्यापार वृद्धि शुन्य दशमलव ५ प्रतिशतले घटेर १ दशमलव ४ प्रतिशतमा सीमित हुन सक्छ । सेवा व्यापार पनि ४ दशमलव १ प्रतिशत मात्र बढ्ने अनुमान गरिएको छ । यसले विश्व अर्थतन्त्रको वृद्धि पनि ० दशमलव ३ प्रतिशतले घटाउन सक्छ ।विश्व व्यापार संगठनकी महानिर्देशकले उच्च प्रविधि वस्तु र डिजिटल सेवाले व्यापारलाई केही हदसम्म मजबुत बनाएको बताउनुभयो । तर ऊर्जा मूल्यको निरन्तर वृद्धि र द्वन्द्वले उपभोक्ता तथा व्यवसायमा लागत दबाब बढाउने चेतावनी दिए।विशेषज्ञका अनुसार सन् २०२५ को उच्च व्यापार वृद्धि मुख्यतः उत्तर अमेरिकामा सम्भावित उच्च शुल्कको आशंकामा आयात बढाइनु र कृत्रिम बुद्धिमत्तासम्बन्धी वस्तुहरूको माग बढ्नुका कारण भएको थियो । तर यी कारकहरू सन् २०२६ मा निरन्तर रहने सम्भावना कम रहेको बताइएको छ।

    images
    images

    एशियाले सन् २०२६ मा व्यापार वृद्धि नेतृत्व गर्ने अपेक्षा गरिएको छ, जहाँ आयात र निर्यात दुवै बढ्ने अनुमान गरिएको छ । दक्षिण अमेरिकामा पनि निर्यात वृद्धि बलियो रहनेछ । तर उत्तर अमेरिका र युरोपमा वृद्धि कमजोर रहने प्रक्षेपण गरिएको छ ।प्रतिवेदनले पश्चिम एसिया द्वन्द्वका कारण ढुवानी र सेवा क्षेत्रमा निरन्तर अवरोध रहेको उल्लेख गर्दै दीर्घकालीन सङ्कटले यातायात लागत बढाउने र व्यापार मार्ग परिवर्तन गर्न सक्ने चेतावनी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend