काठमाडौं । पोर्चुगलमा करिब दुई हजार नेपाली कानुनी समस्यामा परेका छन् । अस्थायी बसोबास कार्ड (टीआरसी) लिन पेश गरिएका प्रहरी रिपोर्ट प्रमाणीकरण गर्दा त्यसमा लागेको छाप नक्कली भेटिएपछि उनीहरू समस्यामा परेका हुन् ।“पोर्चुगलको एजेन्सी फर इन्टिग्रेसेन, माइग्रेसन एण्ड असाइलम (एआईएमए)ले अस्थायी बसोबास कार्डका लागि आवेदन दिनेमध्ये १५ सयदेखि दुई हजार नेपालीको प्रहरी रिपोर्ट प्रमाणीकरण गर्दा छाप नक्कली भएको भन्दै आवेदन ‘रिजेक्ट’ गरेको छ,” पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले भने ।
राजदूत पौडेलका अनुसार, सन् २०२४ जुलाईपछि २०२५ अप्रिलअगाडि प्रहरी रिपोर्टमा लगाइएको छाप बढी नक्कली भएको पाइएको छ ।“आवेदन रिजेक्ट भएकामध्ये करिब १५० जना नेपालीलाई पोर्चुगलका सम्बन्धित निकायले देश छाड्न भनेको छ । तर देश छाड्न भने पनि उहाँहरू अदालतमा जान पाउनुहुन्छ र आफूलाई निर्दोष सावित गर्ने अवसर मिल्छ,” राजदूत पौडेलले भने ।पोर्चुगलमा नेपाली दूतावास सञ्चालनमा आएको एक वर्ष हुन लागेको छ । त्यसअघि फ्रान्सको पेरिसस्थित नेपाली दूतावासले पोर्चुगल पनि हेर्दै आएको थियो ।फ्रान्सस्थित नेपाली दूतावासले हेर्ने भए पनि नेपाल सरकारले पोर्चुगलमा अवैतनिक दूत नियुक्त गरेको थियो । पोर्चुगलका नेपाली अवैतनिक दूतले नेपालीका समस्या र कामहरू हेर्थे ।
नेपाल सरकारले दूतावास स्थापना गर्नु केही महिनाअघि पोर्चुगलबाट अवैतनिक दूत हटाएको थियो । त्यसपछि पोर्चुगलमा रहेका नेपालीले आफ्ना कागजात प्रमाणीकरण गर्नुपरेमा फ्रान्सस्थित नेपाली दूतावास वा भारतको नयाँ दिल्लीस्थित पोर्चुगल दूतावासमा पठाउनुपर्थ्यो ।




.gif)





