images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • इरान युद्धले महँगी बढाउने चिन्ताबिच अमेरिकामा...
अमेरिका

इरान युद्धले महँगी बढाउने चिन्ताबिच अमेरिकामा ब्याजदर यथावत्

इरान युद्धले महँगी बढाउने चिन्ताबिच अमेरिकामा ब्याजदर यथावत्

images
images
बिहिवार, चैत्र ५ २०८२
बिहिवार, चैत्र ५ २०८२
  • वासिङ्टन डीसी । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । इरान युद्धका कारण  विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता र मुद्रास्फीतिको जोखिमका कारण बैंकले यस्ते निर्णय गरेको विश्लेषण गरिएको छ । अमेरिका र इजरायलले मिलेर इरानमा सुरु गरेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेपछि महँगी बढ्ने चिन्ताले नीति निर्माताहरूलाई सावधानी अपनाउन बाध्य भएका छन् ।फेडले आफ्नो मुख्य ब्याजदर ३ दशमलव ५ प्रतिशतदेखि ३ दशमलव ७५ प्रतिशतको दायरामै कायम राखेको छ । डिसेम्बरमा पनि बैंकले यो दर यथावत् राखेको थियो । पश्चिम एशियामा जारी अस्थिरताका बीचमा बैंकको यो निर्णय अपेक्षित थियो । रोजगारी बजारबाट मिश्रित संकेत आएको र मूल्यवृद्धिको दबाब कायम रहेकोले फेडलाई तत्काल ब्याजदर घटाउने निर्णयबाट टाढा राखेको विश्लेषकहरूको भनाइ छ ।

    images
    images

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेड अध्यक्षलाई ब्याजदर घटाउन दबाब दिएका थिए । तर नीति निर्माताहरूले त्यस्तो दबाबलाई बेवास्ता गर्दै दीर्घकालीन आर्थिक स्थिरतालाई प्राथमिकतामा राखेका छन् । विशेषगरी युद्धका कारण इन्धनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यमा पर्ने भएकाले फेडले जोखिम मूल्याङ्कन गर्दै निर्णय लिएको हो ।फेडको पछिल्लो पूर्वानुमानले भने अझै पनि यो वर्षभित्र कम्तीमा एकपटक ब्याजदर घट्ने सम्भावना देखाएको छ । बोर्डका केही सदस्यहरूले त ब्याजदर ३ प्रतिशतभन्दा तल झर्न सक्ने आकलन गरेका छन् । यद्यपि यस्तो निर्णय पूर्ण रूपमा मुद्रास्फीतिको गतिमा निर्भर रहने स्पष्ट पारिएको छ । फेडका अध्यक्ष जेरोम पावेलले  इरानसँगको युद्धले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अझै अनिश्चितता रहेको बताएका छन्  । उनले भने, “यसको असर के हुन्छ भन्ने हामीलाई अझै थाहा छैन, वास्तवमा कसैलाई पनि थाहा छैन,”

    विश्लेषकहरूका अनुसार युद्धका कारण इन्धन बजारमा आएको अस्थिरताले मुद्रास्फीति नियन्त्रणको प्रयासलाई थप चुनौतीपूर्ण बनाएको छ । त्यसैले फेडले आगामी निर्णयहरूमा अझ बढी सतर्कता अपनाउने संकेत देखिएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend