images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • ठमेलका व्यवसायीलाई डिजिटल भुक्तानीमा जोड्न आधारभूत...

ठमेलका व्यवसायीलाई डिजिटल भुक्तानीमा जोड्न आधारभूत सर्वेक्षण सुरु

ठमेलका व्यवसायीलाई डिजिटल भुक्तानीमा जोड्न आधारभूत सर्वेक्षण सुरु

images
images
बुधवार, चैत्र ४ २०८२
बुधवार, चैत्र ४ २०८२
  • काठमाडौं‌ । प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले भिसासँगको सहकार्यमा ठमेलका साना तथा मझौला पर्यटन व्यवसायीहरूलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराउने उद्देश्यका साथ ‘क्रस–बोर्डर एक्सेप्टेन्स इन ठमेल’ पहल अन्तर्गत मंगलबारदेखि आधारभूत सर्वेक्षण सुरु गरेको छ।नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग परिसंघ र ठमेल पर्यटन विकास परिषद्को संयुक्त सहकार्यमा सुरु गरिएको यस सर्वेक्षणका लागि पाटा नेपालले आफ्ना सदस्य शैक्षिक संस्थाहरूका ३० जना पर्यटन तथा आतिथ्य व्यवस्थापनका विद्यार्थीहरूलाई परिचालन गरेको छ।नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढीको प्रमुख रोजाइमा पर्ने ठमेल एक सक्रिय पर्यटन केन्द्र भए तापनि यहाँका धेरै साना तथा मझौला व्यवसायीहरूले अझै पनि डिजिटल भुक्तानी र सीमापार वाणिज्यमा विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन्।

    images
    images

    यस आधारभूत सर्वेक्षणमार्फत ठमेल क्षेत्रका व्यवसायहरूमा डिजिटल भुक्तानीको वर्तमान अवस्था, व्यापारीहरूको तयारी, विद्यमान चुनौतीहरू तथा आवश्यक ज्ञान र सीपको अन्तरबारे विस्तृत जानकारी संकलन गरिनेछ। यस क्रममा हालसम्म अन्तर्राष्ट्रिय कार्ड भुक्तानीको सुविधा नलिएका व्यवसायीहरूलाई पहिचान गरी उनीहरूलाई सम्बन्धित बैंकहरूसँग जोड्न समेत आवश्यक समन्वय गरिने लक्ष्य राखिएको छ।यस पहलका बारेमा जानकारी दिँदै भिसाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सव्विर अहमदले नेपालको पर्यटन इकोसिस्टमलाई सुदृढ बनाउन डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा भिसा प्रतिबद्ध रहेको बताए। उनले ठमेलमा क्रस–बोर्डर भुक्तानी स्वीकार्यता विस्तार हुँदा अन्तर्राष्ट्रिय पर्यटकका लागि कारोबार सहज हुने र स्थानीय व्यवसायीहरूले नयाँ व्यावसायिक अवसरहरू प्राप्त गर्ने विश्वास व्यक्त गरे।

    पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले ठमेललाई एक नमुना गन्तव्यका रूपमा प्रस्तुत गर्दै साना तथा मझौला व्यवसायीलाई विश्वव्यापी डिजिटल अर्थतन्त्रमा सफल बनाउन पाटा प्रतिबद्ध रहेको उल्लेख गरे ।यो अभियानले हस्तकला पसल, खुद्रा तथा कपडा पसल, ट्राभल तथा टुर अपरेटर, क्याफे, रेस्टुरेन्ट, होटल, स्पा र वेलनेस केन्द्र लगायतका पर्यटनसँग सम्बन्धित विविध क्षेत्रहरूलाई समेट्नेछ।सर्वेक्षण सम्पन्न भएपछि यसैका आधारमा आगामी चरणहरूमा प्रशिक्षण, व्यापारी अन्तरक्रिया र क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिनेछन्।ठमेलमा सुरु गरिएको यो डिजिटल रूपान्तरणको अभ्यासलाई भविष्यमा नेपालका अन्य प्रमुख पर्यटकीय गन्तव्यहरूमा समेत विस्तार गर्न सकिने एउटा सफल नमुनाका रूपमा विकास गर्ने योजना आयोजकले राखेका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend