images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • विदेशमा नेपाली युवाको चमक: खेलकुद र...

विदेशमा नेपाली युवाको चमक: खेलकुद र सपनाको यात्रा

विदेशमा नेपाली युवाको चमक: खेलकुद र सपनाको यात्रा

images
images
मंगलवार, चैत्र ३ २०८२
मंगलवार, चैत्र ३ २०८२
  • अर्थसमाचार संवाददाता शिव न्यौपाने । अष्ट्रेलियामा नेपाली समुदायद्वारा सञ्चालित लोकप्रिय टक शो “Happy Show Australia” को ३८औं एपिसोड सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रस्तोताले यस एपिसोडलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

    images
    images

    यसै अवसरमा Fiona Simpson ले Queensland मा रहेका नेपाली क्रिकेट खेलाडीहरूलाई प्रेरणादायी सन्देश दिँदै आफ्नो सपना पूरा गर्न निरन्तर मेहनत गर्न आग्रह गरेकी छन्।

    Brisbane मा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा मन्त्री सिम्पसनले नेपाली क्रिकेट समुदायसँग भेटघाट गर्दै उनीहरूको लगनशीलता र योगदानको प्रशंसा गरिन्। कार्यक्रम विजय लुइटेलद्वारा सञ्चालन गरिएको थियो र युट्युब, फेसबुक, टिकटक तथा इन्स्टाग्राममार्फत प्रसारण हुँदै आएको छ।

    images
    images

    मन्त्री सिम्पसनले खेलकुदलाई विभिन्न समुदायबीच एकता कायम गर्ने महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गर्दै युवाहरूका लागि नयाँ अवसर सिर्जना गर्ने बताए।
    उनले भनिन्, “सपना निर्माण गर्दै अगाडि बढिरहनुहोस्,” र खेलाडीहरूलाई मेहनत, टिमवर्क र आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गरिन्।

    कार्यक्रममा सहभागी नेपाली क्रिकेट खेलाडी, सामुदायिक अगुवा तथा मिडिया प्रतिनिधिहरूले अष्ट्रेलियामा खेलकुदमार्फत आफ्नो पहिचान प्रस्तुत गर्न पाएकोमा गर्व व्यक्त गरे। उनीहरूले खेलकुदले नेपाली युवाहरूलाई अष्ट्रेलियाली समाजमा घुलमिल हुन, नेतृत्व विकास गर्न र समुदायबीच सम्बन्ध बलियो बनाउन मद्दत गरेको बताए।

    मन्त्री सिम्पसनले क्वीन्सल्याण्डको बहुसांस्कृतिक विविधताको प्रशंसा गर्दै सरकारले यस्ता समुदायलाई सशक्त बनाउन विभिन्न पहलहरू अघि बढाइरहेको जानकारी दिइन्।

    पछिल्ला वर्षहरूमा ब्रिस्बेनसहित क्वीन्सल्याण्डका विभिन्न क्षेत्रमा नेपाली खेलकुद गतिविधि उल्लेखनीय रूपमा बढ्दै गएका छन्। नेपाली टोलीहरूले क्रिकेट प्रतियोगिता र सामुदायिक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएका छन्।

    Happy Show Australia – Episode 38 ले विदेशमा रहेका नेपालीहरूको उपलब्धि, गतिविधि र प्रेरणादायी कथाहरूलाई उजागर गर्ने उद्देश्य राखेको छ। समुदायका अगुवाहरूले सरकारी निकाय र स्थानीय संस्थासँग सहकार्य गर्दै भविष्यमा युवा विकास, सांस्कृतिक आदानप्रदान र खेलकुद क्षेत्रमा थप अवसर सिर्जना हुने विश्वास व्यक्त गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend