images

२०८३ आश्विन २६ गते

images
images
images
  • समाचार
  • ८ किलो सुनसहित दुई भारतीय नागरिक...

८ किलो सुनसहित दुई भारतीय नागरिक हेटौँडाबाट पक्राउ

८ किलो सुनसहित दुई भारतीय नागरिक हेटौँडाबाट पक्राउ

images
images
शनिवार, आश्विन १९ २०८१
शनिवार, आश्विन १९ २०८१
  • हेटौँडाः मकवानपुरको हेटौँडाबाट ८ किलो सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्थानका २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन्।

    images
    images

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान ३ बजे हेटौँडा–१५ रातोमाटे चेकपोष्टस्थित पूर्व–पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा सुन बरामद भएको हो।

    बरामद गरिएको ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको छ। उनीहरुको साथबाट शरीरमा रुमालले बेरेर बिस्कुटको आकारको ८ थान सुन फेला पारेको प्रहरीले जानकारी दिएको छ।

    images
    images

    उनीहरू जनकपुरबाट सुन लिएर पथलैयासम्म बसमा आएका थिए। पथलैयाबाट भने स्कुटरमा हेटौँडातर्फ आउँदै गरेका थिए।

    बरामद भएको सुन र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend