images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • हवाई आक्रमणमा चार सय भन्दा बढीको...

हवाई आक्रमणमा चार सय भन्दा बढीको मृत्यु भएको अफगानिस्तानी दाबी पाकिस्तानले गर्‍याे अस्वीकार

हवाई आक्रमणमा चार सय भन्दा बढीको मृत्यु भएको अफगानिस्तानी दाबी पाकिस्तानले गर्‍याे अस्वीकार

images
images
मंगलवार, चैत्र ३ २०८२
मंगलवार, चैत्र ३ २०८२
  • काठमाडौँ । काबुलस्थित अस्पतालमा गरेको हवाई आक्रमणमा चार सय भन्दा बढी मानिस मारिएको भनेर अफगानिस्तानले गरेको दाबीलाई भ्रामक र असत्य भन्दै पाकिस्तानले अस्वीकार गरेको छ । अफगान तालिबान सरकारका प्रवक्ताले मंगलबार दिएको जानकारी अनुसार, काबुलको एक लागू औषध दुर्व्यसन पुनर्स्थापना अस्पतालमा भएको आक्रमणमा चार सय भन्दा बढीको मृत्यु र २ सय ५० जना घाइते भएको दाबी गरिएको थियो । तर पाकिस्तानले उक्त आरोप अस्वीकार गर्दै आफ्नो आक्रमण सैन्य लक्ष्यमै केन्द्रित रहेको जनाएको छ ।

    images
    images

    पाकिस्तानका सूचना मन्त्री अताउल्ला तरारले सामाजिक सञ्जालमार्फत भने, ‘हामीले सटीक रूपमा सैन्य संरचना र आतङ्कवादी सहयोग पूर्वाधारलाई मात्र निशाना बनाएका हौँ ।’ आक्रमणपछि देखिएका विस्फोटहरूले त्यहाँ ठुलो मात्रामा हतियार भण्डारण गरिएको सङ्केत दिएको पनि उनले बताए । दुवै छिमेकी देशबिच गत महिना सुरु भएको द्वन्द्व पछिल्लो समय निकै चर्किएको छ । करिब २ हजार ६०० किलोमिटर लामो साझा सीमा भएका यी दुई देशबिचको यो हालसम्मकै गम्भीर तनावपूर्ण अवस्था मानिएको छ ।यसअघि केही मित्र राष्ट्रहरूले मध्यस्थता गर्दै स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए । विशेष गरी चीनले दुवै पक्षलाई संयमता अपनाउन र वार्तामा फर्किन आग्रह गरेको थियो । 

    चीनले अझै पनि तनाव कम गर्न सहयोग गर्न तयार रहेको जनाएको छ । तर विशेष गरी रमजान महिनाको अन्त्यमा मनाइने एल अल–फित्र नजिकिँदै गर्दा भएको पछिल्लो हवाई आक्रमणले परिस्थिति फेरि जटिल बनाएको छ।इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमण र त्यसपछि विकसित घटनाक्रमका कारण पश्चिम एसिया अस्थिर बनेको समयमा पाकिस्तान र अफगानिस्तान द्वन्द्वमा फसेका छन् । विश्लेषकहरूका अनुसार दक्षिण एसिया र पश्चिम एसिया दुवैतिर बढ्दो तनावले क्षेत्रीय सुरक्षा मात्र होइन, अन्तर्राष्ट्रिय स्थिरतामा समेत गम्भीर प्रभाव पार्न सक्छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend