images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • अमेरिकाले ८० प्रतिशतले घटायो नागरिकता त्याग्न...

अमेरिकाले ८० प्रतिशतले घटायो नागरिकता त्याग्न लाग्ने शुल्क

अमेरिकाले ८० प्रतिशतले घटायो नागरिकता त्याग्न लाग्ने शुल्क

images
images
मंगलवार, चैत्र ३ २०८२
मंगलवार, चैत्र ३ २०८२
  • वासिङ्टन डीसी । अमेरिकाले अमेरिकी नागरिकता त्याग्न चाहने व्यक्तिहरूले तिर्नु पर्ने शुल्क करिब ८० प्रतिशतले घटाएको छ । त्यहाँको विदेश मन्त्रालयले शुक्रबार सङ्घीय रजिष्टरमा प्रकाशित अन्तिम नियममार्फत शुल्क २ हजार ३५० डलरबाट घटाएर ४५० डलरमा झारेको घोषणा गरेको हो । नयाँ शुल्क तत्कालै लागू भइसकेको छ । यो निर्णय सन २०२३ मै घोषणा गरिएको भए पनि कार्यान्वयनमा आएको थिएन । अब लागू गरिएको शुल्क सन २०१० मा पहिलो पटक नागरिकता त्याग शुल्क तोकिएको स्तरकै बराबर हो ।

    images
    images

    अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया लामो, जटिल र संवेदनशील मानिन्छ । आवेदकहरूले विदेश मन्त्रालयका कन्सुलर अधिकृतसमक्ष बारम्बार लिखित र मौखिक रूपमा आफूले निर्णयको प्रभाव बुझेको पुष्टि गर्नुपर्छ । त्यसपछि मात्र औपचारिक रूपमा नागरिकता त्याग शपथ लिन अनुमति दिइन्छ, जसलाई विभागले अन्तिम रूपमा स्वीकृत गर्छ ।सन् २०१५ मा प्रशासनिक खर्च बढेको भन्दै शुल्क ४५० डलरबाट बढाएर २ हजार ३५० डलर पुर्‍याइएको थियो । त्यो समयमा अमेरिकी नागरिकता त्याग गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढेको थियो । विशेषगरी विदेशमा बसोबास गर्ने अमेरिकीहरूका लागि लागू गरिएको नयाँ कर रिपोर्टिङ नियमहरूले धेरैलाई असन्तुष्ट बनाएको थियो, जसका कारण नागरिकता त्याग्ने प्रवृत्ति बढेको थियो ।

    उच्च शुल्कको विभिन्न अधिकार समूहहरूले विरोध जनाउँदै आएका थिए । विशेषगरी फ्रान्समा आधारित एशोसियशन अफ एक्सिडेन्टल अमेरिकन्सले शुल्क असंवैधानिक भएको दाबी गर्दै मुद्दा दायर गरेको थियो । यस संस्थाले अमेरिकामा जन्मिएका तर जीवनको अधिकांश समय विदेशमा बिताएका व्यक्तिहरूको प्रतिनिधित्व गर्छ, जसले अनिच्छित रूपमा अमेरिकी नागरिकता पाएको दाबी गर्छ । संस्थाले दायर गरेको एक मुद्दा अझै विचाराधीन छ, जसमा नागरिकता त्याग गर्न कुनै शुल्क नै लाग्नु हुँदैन भन्ने माग गरिएको छ ।विश्लेषकहरूका अनुसार शुल्क घटाउने निर्णयले अमेरिकी नागरिकता त्याग गर्न चाहनेहरूका लागि प्रक्रिया केही सहज बनाउनेछ । विशेषगरी विदेशमा बस्ने अमेरिकीहरूका लागि यो राहतको रूपमा हेरिएको छ । तर नागरिकता त्याग्नु भनेको गम्भीर र स्थायी निर्णय भएकाले यसको प्रभाव दीर्घकालीन हुने बताइन्छ । यसले व्यक्तिको कानुनी हैसियत, कर प्रणाली र अन्तर्राष्ट्रिय आवागमनमा समेत असर पार्न सक्छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend