images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • ग्यासको अभाव भएपछि विश्वबजारमा विद्युतीय चुलोको...

ग्यासको अभाव भएपछि विश्वबजारमा विद्युतीय चुलोको माग उच्च

ग्यासको अभाव भएपछि विश्वबजारमा विद्युतीय चुलोको माग उच्च

images
images
सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • काठमाडौं । अमेरिकी-इरान-इजराइलबीच बढेको पश्चिमी एशियाली तनाव र युद्धको असर विश्व ऊर्जा बजारसँगै घरायसी भान्छा प्रविधिमा पनि स्पष्ट रूपमा देखा पर्न थालेको छ ।खाना पकाउने ग्यास (एलपीजी) को आपूर्ति अवरुद्ध हुने डर र पेट्रोलियम पदार्थको आपूर्ति मार्ग अस्थिर हुँदा दर्जनौं मुलुकका उपभोक्ताहरूले विकल्पको रूपमा इन्डक्सन र इन्फ्रारेड चुलो रोज्न थालेका छन् ।विश्व बजारमा अहिले यी दुबै चुलोको बजार निकै बढेको छ । केही मुलुकमा त यसको माग १० दोब्बरसम्म बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले औंल्याएका छन् ।

    images
    images

    फ्युचर मार्केट इनसाइडका अनुसार सन् २०२५ सम्म इन्डक्सन चुलोको बजार २३.६ अर्ब अमेरिकी डलरको थियो । आगामी सन् २०३५ सम्ममा यो बजार बढेर ३७ अर्ब अमेरिकी डलरसम्म पुग्ने आँकलन गरिएको छ । यस्तै इन्फ्रारेड चुलोको बजार आगामी सन् २०३३ सम्ममा २३३ मिलियन अमेरिकी डलर पुग्ने बताइएको छ ।ऊर्जा दक्षता, कम ताप उत्सर्जन, सुरक्षित खाना पकाउने प्रविधि र स्मार्ट किचेन प्रविधिका कारण यस्ता चुलोको बजार हिस्सा बढ्ने भएको छ ।

    युद्धपछि किन माग अत्यधिक बढ्यो ?

    images
    images

    युद्धपछि तेल र ग्यासको आपूर्ति श्रृंखला प्रभावित भएकाले विद्युतीय चुलोको बजार अत्यधिक परिमाणमा बढेको हो । यस्तै एलपी ग्यासको आपूर्ति प्रणाली घट्ने र मूल्य बढ्न सक्ने आशंकाका कारण पनि यस्ता चुलोको बजार हिस्सा बढ्दै गएको हो ।पछिल्लो समयमा भारतमा मात्रै इन्डक्सन चुलोको बिक्री ३० गुणासम्म वृद्धि भएको पाइएको छ । केही ई–कमर्स प्लेटफर्ममा विद्युतीय चुलोको स्टकसमेत सकिएको छ । यस्तै खुद्रा बजारमा १० दोब्बर बिक्री बढेको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भारतमा ग्यासको आपूर्तिमा आएको संकटका कारण विद्युतीय चुलोको ठूलो माग बढेको छ । घरपरिवार र रेष्टुरेन्टमा समेत विद्युतीय चुलोको अत्यधिक प्रयोग दर बढेपछि माग बढेको हो ।बजारको मागलाई धान्न भारतको इन्डक्सन चुलो उत्पादकहरूले उत्पादन क्षमता ७० प्रतिशतबाट वृद्धि गरी अहिले शतप्रतिशत पुर्याएका छन् ।इन्डक्सन र इन्फ्रारेड चुलोको सबैभन्दा ठूलो उत्पादक मुलुक चीनमा पनि ग्यासको अभाव हुन थालेपछि यस्ता चुलोको अत्यधिक माग बढेको छ ।जर्मनी, फ्रान्स, नेदरल्याण्ड, अमेरिका, थाइल्याण्ड, भियतनाम र इन्डोनेशियालगायतका मुलुकमा पनि पछिल्लो समयमा विद्युतीय चुलोको मागमा उच्च परिमाणमा वृद्धि भएको छ ।

    युद्धअघिसम्म भारतमा दैनिक करिब १५ हजार गोटासम्म बिक्री हुने यस्ता चुलोको बिक्री अहिले दैनिक १ लाखसम्म पुगेको छ । भारतमै ई–कमर्सबाट यस्ता चुलो खरिद गर्ने उपभोक्ताको संख्यामा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।ई–कमर्स प्लेटफर्म अमेजनमा ३० र फ्लिपकार्टमा ३ दोब्बरले विद्युतीय चुलोको माग बढेको छ ।युद्धपछि भारतमा अहिले ८५, चीनमा ४०, अमेरिकामा ७०, युरोपमा ५०, जापानमा ४०, दक्षिण कोरियामा ५० र दक्षिण पूर्व एशियामा ६० प्रतिशतले विद्युतीय चुलोको माग बढेको छ ।एशियाली मुलुकमा दैनिक ४ लाख, युरोपमा १ लाख र अमेरिकामा ६० हजार गोटासम्म विद्युतीय चुलोको बिक्री भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend