images

२०८३ आश्विन १९ गते

images
images
images

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण

images
images
सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबईमा भएको ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा आगलागी भएको छ।दुबई मिडिया अफिसका अनुसार सोमबार भएको उक्त आक्रमणका कारण विमानस्थल नजिक रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी भएको हो। घटनापछि सिभिल डिफेन्सका टोलीहरू आगो नियन्त्रणमा लिन सक्रिय रूपमा खटिएका छन्। रोयटर्सका अनुसार उक्त घटनामा कुनै मानवीय क्षति भएको जानकारी भने हालसम्म प्राप्त भएको छैन।स्थानीय अनलाइन माध्यम सारजहाँ २४ का अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुई वटा ड्रोन खसेको बताइएको छ।

    images
    images

    फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण उल्लेखनीय रूपमा बढेको छ। त्यसयता खाडीका अरब देशहरूले दुई हजारभन्दा बढी मिसाइल तथा ड्रोन आक्रमणको सामना गरिसकेको बताइएको छ।यी आक्रमणहरू अमेरिकी कूटनीतिक कार्यालय र सैन्य अड्डामात्र होइन, तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरूमा समेत लक्षित भएको जनाइएको छ।

    सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्य बनाएको यूएई यस्ता आक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको बताइन्छ। साथै खाडीका अन्य अरब राष्ट्रहरू पनि यसको असरबाट अछुतो छैनन्, र ती सबैले इरानको कडा आलोचना गर्दै आएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend