images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • चैत महिनाका लागि वाणिज्य बैंकहरूले घटाए...

चैत महिनाका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर,कुन बैंकको कति ?

चैत महिनाका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर,कुन बैंकको कति ?

images
images
सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • काठमाडौँ । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले प्रकाशित गरेको विवरण अनुसार फागुन महिनाको तुलनामा मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर घटेको देखिएको छ।

    images
    images

    नेपाल राष्ट्र बैंक का अनुसार फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ४.५६ प्रतिशत रहेकोमा चैत महिनामा घटेर ४.४९ प्रतिशतमा झरेको छ। यससँगै औसत ब्याजदर ०.०७ प्रतिशत विन्दुले घटेको हो।

    हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका कारण औसत दरमा गिरावट आएको हो भने बाँकी १४ बैंकले फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन्।

    images
    images

    संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि चैत महिनामा ०.०३ प्रतिशत विन्दुले घटेको छ।

    चैत महिनाका लागि सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक नेपाल बैंक लिमिटेड रहेको छ। उक्त बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशत विन्दुले घटाएको छ।

    ब्याजदरमा आएको गिरावटसँगै निक्षेपकर्ताले पाउने प्रतिफल केही कम हुने देखिएको छ। यद्यपि बैंकहरूबीचको प्रतिस्पर्धा, तरलता अवस्था र बजार व्यवस्थापनका कारण ब्याजदर समायोजन भएको अनुमान गरिएको छ।

    note.JPG

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend