काठमाडौं । OPPO ले नेपाली नयाँ वर्षलाई लक्षित गर्दै “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” नामक विशेष अभियान सार्वजनिक गरेको छ। यस अभियानमार्फत देशभरका ग्राहकहरूले साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर पाउने भएका छन् भने बम्पर पुरस्कारस्वरूप Royal Enfield Hunter 350 जित्ने मौका पनि प्रदान गरिनेछ।
“ओप्पो हातमा, रोयल इन्फिल्ड हन्टर साथमा” ट्यागलाइनसहित सुरु गरिएको यो अभियान नेपाली नयाँ वर्षको उत्साहलाई लक्षित गर्दै चार हप्तासम्म सञ्चालन हुनेछ। अभियान अवधिमा ओप्पोका स्मार्टफोन खरिद गर्ने ग्राहकहरू लक्की ड्रमा सहभागी भई विभिन्न पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ।
अभियान अवधिभर प्रत्येक हप्ता एक जना भाग्यशाली ग्राहकलाई साप्ताहिक लक्की ड्रमार्फत ओप्पो ए६ स्मार्टफोन प्रदान गरिनेछ। लक्की ड्र तालिका अनुसार पहिलो हप्ता चैत्र ८, दोस्रो हप्ता चैत्र १५, तेस्रो हप्ता चैत्र २२ र चौथो हप्ता चैत्र २९ मा ड्र सञ्चालन हुनेछ।
कम्पनीका अनुसार पारदर्शिता कायम राख्न तथा जनविश्वास सुनिश्चित गर्न लक्की ड्र कम्पनीका आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्ममार्फत भिडियो लटरी प्रणाली प्रयोग गरी सञ्चालन गरिनेछ। विजेता छनोट प्रक्रिया सार्वजनिक रूपमा साझा गरिने भएकाले ग्राहकहरूले विजेता कसरी छनोट गरिन्छ भन्ने स्पष्ट रूपमा अवलोकन गर्न सक्नेछन्।
अभियानको समापन नेपाली नयाँ वर्षको अवसरमा चैत्र ३० मा आयोजना हुने बम्पर ड्रसँगै हुनेछ। उक्त बम्पर ड्रमार्फत एक जना भाग्यशाली विजेताले Royal Enfield Hunter 350 मोटरसाइकल प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार नेपाली नयाँ वर्ष नविनता, उत्सव र नयाँ सुरुवातको प्रतीक हो। “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” अभियानमार्फत कम्पनीले आफ्ना ग्राहकसँग उत्सवको खुशी साटासाट गर्दै उनीहरूले देखाउँदै आएको निरन्तर विश्वास र समर्थनप्रति आभार व्यक्त गर्न चाहेको जनाएको छ।
ओप्पोको बारेमा
OPPO एक अग्रणी विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड हो, जुन आफ्ना नवप्रवर्तनशील स्मार्टफोन, उन्नत क्यामेरा प्रविधि तथा प्रिमियम डिजाइनका लागि परिचित छ। नेपालमा पनि सशक्त उपस्थिति कायम गर्दै ओप्पोले लाखौँ प्रयोगकर्तालाई सहज डिजिटल अनुभव प्रदान गर्दै आएको छ।
“ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” अभियानमार्फत कम्पनीले नेपालभरका ग्राहकहरूलाई नयाँ वर्ष उत्साहका साथ मनाउन, आकर्षक पुरस्कारहरूको आनन्द लिन र नयाँ सुरुवातलाई खुशीका साथ स्वागत गर्न आमन्त्रण गरेको छ।




.gif)





