images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • तक्षशिला महोत्सव ३.० भव्य रूपमा सम्पन्न,...
तक्षशिला महोत्सव ३.० भव्य रूपमा सम्पन्न,

तक्षशिला महोत्सव ३.० भव्य रूपमा सम्पन्न, ८०० विद्यार्थी संख्या पार गर्दै ऐतिहासिक उपलब्धि

तक्षशिला महोत्सव ३.० भव्य रूपमा सम्पन्न, ८०० विद्यार्थी संख्या पार गर्दै ऐतिहासिक उपलब्धि

images
images
आइतवार, चैत्र १ २०८२
आइतवार, चैत्र १ २०८२
  • काठमाडौं । तक्षशिला प्रोग्रेसिभ इंग्लिस स्कूलले नवप्रवर्तन, विश्वस्तरीय शिक्षा र उल्लेखनीय उपलब्धिहरूलाई उत्सवका रूपमा मनाउँदै ‘तक्षशिला महोत्सव ३.०’ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले ८०० भन्दा बढी विद्यार्थी संख्या पार गरेको ऐतिहासिक अवसरमा आयोजना गरिएको महोत्सवले संस्थाको समग्र तथा भविष्यकेन्द्रित शिक्षाप्रतिको प्रतिबद्धतालाई पुनः स्थापित गरेको विद्यालयले जनाएको छ।

    images
    images

    विद्यालयले शैक्षिक उत्कृष्टता, नवप्रवर्तन तथा समग्र शिक्षाप्रतिको आफ्नो दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दै विभिन्न मनोरञ्जनात्मक खेल, उपहार तथा आकर्षक गतिविधिसहित कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यालयका अध्यक्ष दुर्गा प्रसाई प्रमुख अतिथिका रूपमा सहभागी थिए भने बी एण्ड सी मेडिकल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. का मेडिकल डाइरेक्टर प्रा. डा. बलभद्र प्रसाद दास विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा अन्य विशिष्ट अतिथि, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    महोत्सवका क्रममा विद्यालयको शैक्षिक यात्रामा महत्वपूर्ण तीन उपलब्धिहरू सार्वजनिक गरिएको थियो।

    images
    images

    पहिलो, इन्टरनेशनल ब्याकलोरियट (IB) क्यान्डिडेसीको शुभारम्भ गरिएको छ। IB PYP कोअर्डिनेटर डेनिस बी. रोजारियोको नेतृत्वमा सुरु गरिएको यस पहलले अनुसन्धानमा आधारित तथा विश्वमान्य शिक्षाप्रतिको विद्यालयको प्रतिबद्धतालाई झल्काउने बताइएको छ।

    दोस्रो, द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड कार्यक्रमको सुरुवात गरिएको छ। माइकल सामातारायको मार्गदर्शनमा सञ्चालन हुने यो प्रतिष्ठित अन्तर्राष्ट्रिय युवा विकास कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, धैर्यता तथा जीवनोपयोगी सीप विकासमा सहयोग पुर्‍याउने विद्यालयले जनाएको छ।

    तेस्रो, इन्टरनेशनल एजुकेशन ओलम्पियाड (IEO) परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने क्षेत्रीय तथा कक्षा स्तरका विद्यार्थीहरूलाई विशिष्ट अतिथिहरूद्वारा सम्मान गरिएको थियो।

    कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रोबोटमार्फत अतिथिहरूलाई खादा अर्पण, ड्रोनमार्फत पुष्पवृष्टि तथा रोबोटद्वारा जुस सेवा प्रदान गरिएको थियो। यी गतिविधि विद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स (AI) टोली तथा विद्यार्थीहरूको सहकार्यमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

    यस अवसरमा वर्ल्ड स्कूल समिट (WSS) अवार्ड पनि औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो, जसले समग्र शिक्षाको क्षेत्रमा तक्षशिलाले हासिल गरेको उत्कृष्टतालाई मान्यता दिएको बताइएको छ। विद्यालयका अध्यक्ष प्रसाईले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै सबै विद्यार्थीलाई शैक्षिक उत्कृष्टताको दिशामा अघि बढ्न प्रेरित गरेका थिए।

    कार्यक्रममा आयोजित विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले इन्फिनिटी मिरर र रेन डिटेक्सन सिस्टम जस्ता व्यावहारिक परियोजना प्रस्तुत गरेका थिए। साथै ३डीआई टेक्नोलोजी प्रदर्शन अन्तर्गत थ्रीडी प्रिन्टिङ, ३६० डिग्री क्यामेरा र ड्रोन लगायतका अत्याधुनिक प्रविधिको प्रदर्शन गरिएको थियो।

    विद्यालयका एकेडेमिक डाइरेक्टर डा. विक्टर इग्नाटियस जोसेफको मार्गदर्शनमा संस्थाले सफल नेतृत्वको तीन वर्ष पूरा गर्दै समर्पण र दृढताका साथ निरन्तर प्रगतितर्फ अघि बढिरहेको बताइएको छ।

    महोत्सवको अघिल्लो दिन आयोजित तक्षशिला वार्षिक खेलकुद कार्यक्रम पनि विद्यालयका युवा खेलाडीहरूको प्रतिभा र ऊर्जा प्रस्तुत गर्ने भव्य कार्यक्रमका रूपमा सम्पन्न भएको थियो। वार्षिक खेलकुद तथा महोत्सव ३.० ले विद्यालयको समग्र विकास तथा सबै क्षेत्रमा उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend