images

२०८३ आश्विन १९ गते

images
images
images

वाणिज्य बैंकको नाफा ३८ अर्ब नाघ्यो । नबिल अग्रभागमा, अन्य बैंकको कति ?

वाणिज्य बैंकको नाफा ३८ अर्ब नाघ्यो । नबिल अग्रभागमा, अन्य बैंकको कति ?

images
images
शनिवार, फाल्गुण ३० २०८२
शनिवार, फाल्गुण ३० २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा नेपालका वाणिज्य बैंकहरूले ३८ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्।

    images
    images

    नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म २० वाणिज्य बैंकहरूले कुल ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएका हुन्।

    यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५।४० प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरूले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका थिए।

    images
    images

    उक्त अवधिमा करिब आधा बैंकहरूको नाफा बढेको देखिएको छ भने बाँकी बैंकहरूको नाफा भने गत वर्षको तुलनामा घटेको तथ्याङ्कले देखाउँछ।

    विश्लेषकहरूका अनुसार पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता, आर्थिक गतिविधिमा आएको सुस्तता तथा लगानी विस्तारमा आएको कमी का कारण बैंकहरूको नाफा वृद्धिले अपेक्षित गति लिन सकेको छैन।

    व्यक्तिगत बैंकहरूको नाफा हेर्दा नबिल बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ। बैंकले सात महिनामा ५ अर्ब ३८ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.२१ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा बैंकले ४ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो।

    त्यसैगरी दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंक ले सात महिनामा ४ अर्ब १४ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा ६.६२ प्रतिशतले बढेको हो। गत आवको सोही अवधिसम्म बैंकले ३ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको थियो।

    यस्तै तेस्रो स्थानमा रहेको कुमारी बैंक ले ३ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ३२९.८६ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँछ।

    समग्रमा वाणिज्य बैंकहरूको नाफा सामान्य रूपमा बढे पनि आर्थिक गतिविधिको सुस्तता, लगानी विस्तारमा आएको कमी तथा नीतिगत अनिश्चितता का कारण बैंकिङ क्षेत्रको नाफा वृद्धिले अपेक्षित गति लिन नसकेको देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend