images

२०८३ आश्विन १८ गते

images
images
images

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

images
images
शनिवार, फाल्गुण ३० २०८२
शनिवार, फाल्गुण ३० २०८२
  • मुस्ताङ, ३० फागुन । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । नेपाल–चीन सीमावर्ती क्षेत्रका स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको २७ कोठाको आधारभूत अस्पताल भवन प्रयोगविहीन बनेको हो ।

    images
    images

    माथिल्लो मुस्ताङको लोमान्थाङ–४ लोमान्थाङस्थित धुराङ भन्ने स्थानमा एक वर्षअघि सम्पन्न भएको पाँच शय्याको आधारभूत अस्पताल भवन जनशक्ति तथा आवश्यक उपकरणको व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन बनेको बताइएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा दुई तले आधारभूत स्वास्थ्य सेवा अस्पताल भवन निर्माण गरिएको थियो ।
     
    आव २०७८।०७९ मा त्यहाँ आधारभूत अस्पताल भवन निर्माण सुरु गरिएकोमा गतवर्षको फागुन महिनामा निर्माण सम्पन्न भएको थियो । दुई वर्षको सम्झौता अवधि रहेको उक्त आधारभूत अस्पताल भवन निर्माण चलिरहँदा कोभिड माहामारीका कारण एक वर्षपछि ढिलो गरी अस्पताल भवन निर्माण सम्पन्न गरिएको थियो ।

    सात करोड १९ लाख लागतमा निर्माण सम्पन्न भएको लोमान्थाङस्थित आधारभूत अस्पताल भवन लोमान्थाङ बजारदेखि तल करिव आधा घण्टाको दूरीमा पर्दछ । एक वर्षअघि निर्माण सम्पन्न गरिएको उक्त आधारभूत अस्पताल भवनबाट विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाह गर्ने गरी शल्यक्रिया कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष, प्रसूति कक्ष, फार्मेसी कक्षलगायत चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने आवाससहितको भवन निर्माण गरिएको थियो ।

    images
    images

    माथिल्लो मुस्ताङमा आधारभूत स्वास्थ्य सेवाका लागि सामान्य उपचार गर्न स्वास्थ्य चौकी र स्वास्थ्य इकाइहरु रहेपछि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा नहुँदा माथिल्लो मुस्ताङका नागरिकलाई निकै सास्ती हुने गरेको छ । त्यहाँका नागरिकलाई गम्भिर बिरामी हुँदा वा भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्न १०० किलोमिटर दुरीको यात्रा गर्दै जोमसोम झर्नुपर्ने बाध्यता रहेको छ । कतिपय बिरामीलाई जोमसोमसमेत भरपर्दो स्वास्थ्य सेवा उपलब्ध नहुँदा पोखरा–काठमाडौँ लगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको छ ।

    लोमान्थाङ गाउँपालिकाका स्वास्थ्य संयोजक तेन्जिङ नर्बु गुरुङका अनुसार लोमान्थाङमा निर्मित आधारभूत अस्पताल आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र पूर्वाधार नहुँदा सञ्चालन हुन नसकेको जानकारी दिए। सरकारले आधारभूत अस्पतालका लागि चिकित्सक तथा जनशक्तिको दरबन्दी व्यवस्था र आवश्यक उपकरण लगायतको व्यवस्थापन गरिदिएमा अस्पताल सञ्चालन गर्न सकिने बताए।

    चालु वर्ष गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रीको माथिल्लो मुस्ताङको भ्रमण हुँदा यहाँको पाँच शय्याको आधारभूत अस्पताल भवनलाई चाहिने स्वास्थ्य उपकरणलगायत सामग्री खरिदका लागि लागत स्टेमेट र विवरण पठाउन निर्देशन भएको र सोहीअनुसार गाउँपालिकाले डेढ करोड बराबरको स्वास्थ्य उपकरण खरिद गर्न विवरणसहित आवश्यक डकुमेन्ट प्रदेश सरकारलाई पठाइसकिएको स्वास्थ्य संयोजक गुरुङले उल्लेख गरे।

    “हामीले यहाँबाट आधारभूत अस्पताल भवनका लागि सामग्री खरिद गर्न लागत र विवरण प्रदेश सरकारलाई पठाइसकिएको छ”, स्वास्थ्य संयोजक गुरुङले भन्नुभयो, “गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि यस विषयमा के हुँदैछ भन्ने जानकारी प्राप्त हुन सकिरहेको छैन ।” गण्डकी प्रदेश सरकारले अस्पतालका लागि सामग्री खरिद गर्न लागत र विवरण आएपछि प्रदेश मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरी व्यवस्थापन गर्ने भनिएको भएपनि उक्त विषय अझै अन्योल मै रहेको स्वास्थ्य संयोजक गुरुङको भनाइ छ ।

    रङ्गरोगन सहित  निर्माण सम्पन्न भएको पाँच शय्याको आधारभूत अस्पताल भवनमा तत्कालका लागि हेल्थ पोस्ट स्थान्तरण गरेर सामान्य प्रकारको स्वास्थ्य सेवा सञ्चालन गर्न सकिने अवस्था रहेपनि उक्त भवन लोमान्थाङ बजारदेखि टाढा समुदायलाई अपायक पर्ने भएकाले उक्त आधारभूत अस्पताल भवन प्रयोगमा आउन नसकेको उनको भनाइ छ ।

    माथिल्लो मुस्ताङका स्थानीय नागरिक तथा पर्यटकलाई भरपर्दो स्वास्थ्य सेवा प्रवाह गर्न यहाँ निर्माण गरिएको अस्पताल भवन सञ्चालनका लागि सङ्घीय तथा प्रादेशिक सरकारको ध्यान जान आवश्यक रहेको स्वास्थ्य संयोजक तेन्जिङ नर्बु गुरुङले उल्लेख गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend