images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • सुनको मूल्यमा फेरि अर्को नयाँ ऐतिहासिक...

सुनको मूल्यमा फेरि अर्को नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो?

सुनको मूल्यमा फेरि अर्को नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो?

images
images
शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा शुक्रबार फेरि नयाँ रेकर्ड कायम भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images

    यही असोज ११ गते छापावाल सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यो यसअघिको उच्च मूल्य थियो । आज मूल्यको त्यो ‘रेकर्ड ब्रेक’ भएको हो ।

    बिहीबार (हिजो)को तुलनामा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend