images

२०८३ आश्विन १९ गते

images
images
images

कम्बोडियाबाट २१ नेपाली उद्धार, नेपाल ल्याइयो

कम्बोडियाबाट २१ नेपाली उद्धार, नेपाल ल्याइयो

images
images
शुक्रवार, फाल्गुण २९ २०८२
शुक्रवार, फाल्गुण २९ २०८२
  • काठमाडौँ । कम्बोडियामा अलपत्र परेका २१ जना नेपाली नागरिकको उद्धार गरी नेपाल ल्याइएको छ। नेपाली राजदूतावास बैंककको पहल, कम्बोडिया सरकारको सहयोग तथा गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरूलाई शुक्रबार नेपाल फर्काइएको हो।

    images
    images

    राजदूतावासका अनुसार विभिन्न व्यक्तिको प्रलोभनमा परेर कम्बोडिया पुगेका ती नेपालीलाई अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको थियो। केही नेपाली भने बिना भिसा वा भिसाको अवधि सकिएपछि पनि त्यहाँ बसिरहेका थिए।

    राजदूतावासले त्यस्तो अवस्थामा परेका नेपालीलाई नेपाल फर्किन सहजीकरणका लागि आफूहरूसँग वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरेको छ। अनलाइन ठगी केन्द्रमा काम गराइएका व्यक्तिहरूको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराउने घटना समेत देखिएको गुनासो आएको जनाइएको छ।

    images
    images

    यस्तो अवस्थामा नेपाल फर्किन राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउने व्यवस्था गरेको पनि जनाएको छ।

    उपलब्ध तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको छ। सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए भने सन् २०२२ मा १ हजार ९७७, सन् २०२३ मा २ हजार ९४०, सन् २०२४ मा ६ हजार ४०४ र सन् २०२५ मा ९ हजार ६७६ जना पुगेको तथ्यांक छ।

    राजदूतावासले वैदेशिक रोजगारीका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र विदेश जान तथा छिटो धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डजस्ता देशमा भ्रमणको बहानामा काम गर्न नजान सबैलाई आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend