images

२०८३ आश्विन १९ गते

images
images
images

इरानले कतारतर्फ ९ ब्यालिस्टिक मिसाइल प्रहार

इरानले कतारतर्फ ९ ब्यालिस्टिक मिसाइल प्रहार

images
images
बिहिवार, फाल्गुण २८ २०८२
बिहिवार, फाल्गुण २८ २०८२
  • काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनावबीच इरानले कतारतर्फ ९ वटा ब्यालिस्टिक क्षेप्यास्त्र तथा धेरै ड्रोन प्रहार गरेको जनाएको छ।

    images
    images

    कतारको रक्षा मन्त्रालयका अनुसार बुधबार भएको उक्त आक्रमणका क्रममा देशको वायु रक्षा प्रणालीले ८ वटा क्षेप्यास्त्र र सबै ड्रोन आकाशमै खसाल्न सफल भएको छ।

    मन्त्रालयले दिएको जानकारी अनुसार एउटा क्षेप्यास्त्र भने सुनसान क्षेत्रमा खसेको छ। उक्त घटनामा हालसम्म कुनै मानवीय क्षति वा हताहत नभएको बताइएको छ।

    images
    images

    सुरक्षा निकायहरूले आक्रमणपछि उत्पन्न परिस्थितिको निरन्तर निगरानी गरिरहेका छन् भने सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको जनाइएको छ।

    हालै पश्चिम एसियामा बढ्दो भूराजनीतिक तनावका कारण क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend