काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलियम पदार्थको बढ्दो मूल्य नियन्त्रण गर्न अमेरिकाको रणनीतिक पेट्रोलियम भण्डारबाट तेल निकाल्ने घोषणा गरेका छन्।
उनले इरानसँगको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै त्यसको प्रभाव कम गर्न भण्डारको एक भाग प्रयोग गरिने बताएका हुन्। ट्रम्पका अनुसार यस कदमले पेट्रोलको मूल्य घटाउन मद्दत गर्नेछ र पछि सो भण्डार पुनःपूर्ति गरिनेछ।
तर उनले कति मात्रामा तेल बजारमा छाडिनेछ भन्नेबारे भने स्पष्ट जानकारी दिएका छैनन्।
ट्रम्पले अमेरिकी सैन्य कारबाहीका कारण इरानको सैन्य क्षमतामा ठूलो क्षति पुगेको दाबी पनि गरेका छन्। उनका अनुसार इरानको नौसेना र वायु सेना कमजोर भएको छ।
उनले भने, “अमेरिकासँग विश्वकै सबैभन्दा शक्तिशाली सेना छ,” भन्दै अमेरिकी सैन्य शक्तिप्रति विश्वास व्यक्त गरेका छन्।
इरानसँगको बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अस्थिरता देखिएको छ, जसले विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको मूल्यमा दबाब सिर्जना गरेको छ।




.gif)





