images

२०८३ आश्विन १८ गते

images
images
images

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

images
images
मंगलवार, फाल्गुण २६ २०८२
मंगलवार, फाल्गुण २६ २०८२
  • राजविराज (सप्तरी), २६ फागुन । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोग सम्बन्धी) शाखा अन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा प्रवाह गरिने भवनमा सोमबार आगलागी भएको छ । यहाँका डेन्टल ओपिडी सेवा र ‘रेकर्ड’ कोठामा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको जनाइएको छ  ।  

    images
    images

    डेन्टल विभागका डा दिपाली झाका अनुसार यहाँ उपचारका लागि आएको बिरामीलाई अस्पतालमा उपचार गरिरहेका बेला डेन्टल उपकरणको कम्प्रेसरमा एक्कासी विद्युत् सर्ट भएर तल आगो लागेको हो । सो क्रममा यहाँ रहेका अरु डेन्टल उपकरणमा विस्तारै आगो लागेर फैलिएको उहाँले जानकारी दिनुभयो ।
          
    अस्पतालका अनुसार आगलागीबाट तीन थान डेन्टल उपकरण, दुई थान कम्प्रेसर, दुई थान डेस्क, तीन थान डेन्टल कुर्सी, एक थान फ्रिज र सात वटा पङ्खा पूर्ण रूपमा जलेर नष्ट भएका मेडिकल सुपरिडेन्ट अवधेशकुमार मिश्राले जानकारी दिनुभयो । अन्य थप उपकरणसहित करिब रु २५ लाखभन्दा बढीको क्षति भएको उहाँले बताउनुभयो ।
          
    साथै ओपिडी रेकर्डका रूपमा रहेका कागजाँतहरु जलेर नष्ट भएका छन् । आयोगलाई जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी, सशस्त्र प्रहरी नेपाली सैन तथा स्थानीय र राजविराजबाट गएको बारुणयन्त्रले आगो निभाएका थिए । यो आगलागीबाट कुनै मानवीय क्षति भने नभएको अस्पतालले जनाएको छ । 
         
    यसैबीच, अस्पतालमा आगलागी भएको घटना बुझ्न साथ हिजो मात्र सप्तरी क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रामजी यादवले आगलागीबाट भएको क्षति विवरणबारे जानकारी लिनुभएको छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend