images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासियो,...

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

images
images
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  •  काठमाडौं ।  धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पर्ने पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएको छ । लगातारको वर्षापछि सडक क्षेत्र करिव ३० मिटर भासिएपछि यातायात एकतर्फी सञ्चालन गरिएको छ । 

    images
    images

    असोज ११ र १२ गतेको वर्षातले अवरुद्ध भएको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ १५ गतेबाट दुइतर्फि सञ्चालन भएपनि कृष्णभिरमा सडक भासिएपछि सो क्षेत्रमा एकतर्फि रुपमा यातायात सञ्चालन गर्न वाध्य बनाएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

    सडक भासिएपछि त्यसको अध्ययन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वयमा भुगर्भ विदहरु कृष्णभीर पुगेका थिए । त्रिशुली किनारमा लगाइएको करिव २०० मिटर मेसिनरी वाल नदीले भत्काएपछि पाखो नै तानिएका कारण सडक भासिएको भुगर्व विद्हरुले बताएका छन् । नदीको वहावले क्रमश माटो काट्दै भित्र पस्दा सडकसम्मको भाग तानिएको उहाँहरुको भनाइ छ । 

    images
    images

    विगतमा लामो समय कृष्णभिर पहिरो उपनामले परिचित सो क्षेत्र वायो इञ्जनीयरिङको रोफा प्रविधिबाट सुरक्षित गराइएको थियो । तर केहीदिन अघिको वर्षातले कमजोर बनाएका बेला मेशिनरी बाल भत्किएपछि सडकमुनिको पाखो नै भासिएको भुगर्व विदहरुले बताएका छन् ।

    पहिरोको रोकथामका लागि नदीको सतह घटेपछि पुनः मेशिनरी बाल दिएर सुरक्षित गर्न पनि भूगर्वविदहरुले सुझाव दिएका छन् । मौसम विदहरुले अझै केहीदिन पानी पर्ने पूर्वानुमान गरेका कारण स्थिति जटिल बनेको छ । वैकल्पिक मार्ग प्रयोग गराउन समेत असम्भव रहेकाले मुलुकले नै सास्ती व्यहोर्नु पर्ने देखिएको छ । तत्कालका लागि यातायात सन्चालनमा सहजीकरण गर्न सो क्षेत्रमा प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्ली नारायण पाण्डेले बताउनुभयो ।

    बुधबार प्रमु जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुखहरु, सडक विभाग लगायतका सरोकारवालाहरुको समूहले कृष्णभिर क्षेत्रको अनुगमन पनि गरेको थियो । अनुगमनपछि प्रजिअ घिमिरेले विषयको संवेदनशिलता बारे सडक विभाग र गृह मन्त्रालय मार्फत संघिय सरकारलाई जानकारी गराएको बताउनुभयो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend