तेहरान । इरानले विदेशमा बसोबास गर्ने सरकार विरोधी इरानी नागरिकहरूको सम्पत्ति जफत गरिने चेतावनी दिएको छ । इरानका महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको वक्तव्यलाई उद्धृत गर्दै सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) ले यस्तो जानकारी दिएको हो ।वक्तव्यमा भनिएको छ– ‘विदेशमा रहेका ती इरानी नागरिकहरू जसले शत्रु पक्षसँग सहमति जनाउँछन्, सहयोग गर्छन् वा उनीहरूका गतिविधिलाई साथ दिन्छन्, उनीहरूको सम्पत्ति कानुनअनुसार जफत गरिनेछ ।’
इरानी अधिकारीहरूले यो चेतावनी विशेष गरी इजरायल तथा अन्य शत्रु देशसँग सहकार्य गर्ने व्यक्तिहरूलाई लक्षित भएको बताएका छन् । यस्तो कारबाही राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितविरुद्ध हुने गतिविधि रोक्न लागू गरिने वक्तव्यमा भनिएको छ । यो घोषणा सन् २०२५ को अक्टोबरमा पारित गरिएको जासुसी तथा शत्रु देशसँगको सहकार्यमा कडा सजाय बढाउने कानुन अन्तर्गत गरिएको बताइएको छ । उक्त कानुनको धारा १ मा इजरायल वा अन्य शत्रु देशसँग सहयोग गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गर्ने व्यवस्था रहेको जनाइएको छ ।




.gif)



