काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य आइतबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले वृद्धि भई ३ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको छ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ३० रुपैयाँले बढेर ५ हजार ४ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उकालो लागिरहेको छ। आइतबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन करिब ५ हजार १७० अमेरिकी डलर र चाँदी करिब ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।




.gif)





