images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • नेपाल आँखा अस्पताललाई ‘बेखानारायण देवकुमारी राष्ट्रिय...

नेपाल आँखा अस्पताललाई ‘बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार’

नेपाल आँखा अस्पताललाई ‘बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार’

images
images
शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • काठमाडौँ, २३ फागुन । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई यस वर्षको बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा सम्मानित गरिएको छ ।

    images
    images

    केन्द्रीय मानन्धर सङ्घ नेपालको ७३औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा  काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रा जगदिश नारायण मानन्धरले आँखा अस्पताल त्रिपुरेश्वरका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंलाई उक्त पुरस्कार हस्तान्तरण गरे। 

    बाउन्न वर्षअघि नेपालमा पहिलो आँखा अस्पतालको रूपमा स्थापित उक्त अस्पतालले स्थापनाकालदेखि समुदायलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको योगदानस्वरूप सम्मान गरिएको हो ।

    images
    images

    अस्पतालमा हाल १६ जना पूर्णकालीन नेत्र विशेषज्ञ र चार जना ‘फेलो नेत्र विशेषज्ञ’ समेत गरी १५० जना कार्यरत छन् । 

    अस्पतालले दिएको जानकारी अनुसार त्यहाँ बहिरङ्ग सेवामा वार्षिक करिब दुई लाख बिरामीको उपचार र १५ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरिन्छ । अस्पतालले सामुदायिक आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत वर्षैभरी निःशुल्क आँखा परीक्षण, निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया शिविर, विद्यालयस्तरीय दृष्टि परीक्षण तथा चस्मा वितरण र डायबेटिक रेटिनोपेथी परीक्षण तथा छनौट शिविर सञ्चालन गर्दै आइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend