images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • रूसले इरानलाई अमेरिकी सेनाबारे गोप्य सूचना...

रूसले इरानलाई अमेरिकी सेनाबारे गोप्य सूचना दिइरहेको दाबी

रूसले इरानलाई अमेरिकी सेनाबारे गोप्य सूचना दिइरहेको दाबी

images
images
शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • काठमाडौँ । रूसले इरानलाई अमेरिकाको सेना, जहाज र विमानको गतिविधिबारे गोप्य सूचना उपलब्ध गराइरहेको दाबी अमेरिकी सञ्चारमाध्यमहरूले गरेका छन्। अमेरिकी गुप्तचर स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी सार्वजनिक गरिएको हो।

    images
    images

    समाचार अनुसार मस्कोले आफ्ना अत्याधुनिक ओभरहेड स्याटेलाइट तस्बिरबाट प्राप्त हुने महत्वपूर्ण सैन्य जानकारी इरानसँग साझा गरिरहेको बताइएको छ। The Washington Post प्रकाशित रिपोर्टमा रुसबाट प्राप्त सूचनाका आधारमा इरानले अमेरिकी सैन्य लक्ष्यमा प्रत्याक्रमण गरेको हुन सक्ने उल्लेख गरिएको छ, तर यसबारे आधिकारिक पुष्टि भइसकेको छैन।

    पछिल्ला दिनमा इरानी ड्रोनले अमेरिकी सेना तैनाथ रहेका स्थानहरूमा आक्रमण गरेका छन्। आइतबार कुवेतस्थित अमेरिकी सैन्य अखडामा भएको आक्रमणमा ६ जना अमेरिकी सैनिकको मृत्यु भएको जनाइएको छ।

    images
    images

    एक अमेरिकी गुप्तचर अधिकारीले “यस घटनाले रुसले अझै इरानलाई समर्थन गरिरहेको संकेत गर्छ” भनेका छन्।

    त्यस्तै, अमेरिकी गुप्तचरले चीनले इरानलाई आर्थिक सहयोग र मिसाइलका कम्पोनेन्ट उपलब्ध गराउने तयारी गरेको दाबी पनि गरेका छन्। CNN सँग कुरा गरेका स्रोतका अनुसार चीन प्रत्यक्ष रूपमा युद्धमा संलग्न भने भइसकेको छैन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend