images

२०८३ आश्विन १६ गते

images
images
images

चीनको जीडीपी ८७० अर्ब डलरभन्दा बढीले बढ्ने अनुमान

चीनको जीडीपी ८७० अर्ब डलरभन्दा बढीले बढ्ने अनुमान

images
images
शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • बेइजिङ । चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२६ मा ६ ट्रिलियन युआन (करिब ८७० अर्ब अमेरिकी डलर) भन्दा बढीले वृद्धि हुने अपेक्षा गरिएको छ। चीनका शीर्ष आर्थिक योजनाकारले यस्तो आर्थिक विस्तारले रोजगारी सिर्जना, जनजीवन सुधार र सम्भावित आर्थिक जोखिमहरू नियन्त्रण गर्न महत्वपूर्ण योगदान दिने बताएका छन्।

    images
    images

    चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका प्रमुख झेङ शान्जीले १४औँ राष्ट्रिय जन कांग्रेसको चौथो सत्रका अवसरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। उनका अनुसार सामान्य परिस्थितिमा आर्थिक गतिविधि सुचारु रूपमा अघि बढेमा यस वर्ष जीडीपी वृद्धि ६ ट्रिलियन युआनभन्दा बढी हुने अनुमान गरिएको छ।

    “यदि सबै कुरा सामान्य रूपमा अघि बढ्यो भने, यस वर्ष चीनको जीडीपी वृद्धि ६ ट्रिलियन युआनभन्दा बढी हुनेछ। यसले रोजगारी स्थिर गर्न, जनताको जीवनस्तर सुधार गर्न र आर्थिक जोखिमहरू रोक्न बलियो आधार प्रदान गर्नेछ,” उनले भने।

    images
    images

    झेङका अनुसार आगामी १५औँ पञ्चवर्षीय योजना अवधि (२०२६–२०३०) मा चीनको सेवा क्षेत्रको आकार १०० ट्रिलियन युआन (करिब १४.५ ट्रिलियन अमेरिकी डलरं भन्दा बढीले विस्तार हुने अपेक्षा गरिएको छ।

    त्यसैगरी, चीनमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित उद्योगहरूको मूल्य सन् २०३० सम्ममा १० ट्रिलियन युआन (करिब १.४५ ट्रिलियन अमेरिकी डलर) नाघ्ने अनुमान गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend