images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • कतारमा अफवाह फैलाएको आरोपमा १९४ जना...

कतारमा अफवाह फैलाएको आरोपमा १९४ जना पक्राउ

कतारमा अफवाह फैलाएको आरोपमा १९४ जना पक्राउ

images
images
शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौँ । कतारको आन्तरिक मन्त्रालयले युद्धसम्बन्धी भ्रामक सूचना तथा अफवाह फैलाएको आरोपमा विभिन्न देशका १९४ जनालाई पक्राउ गरेको जनाएको छ।

    images
    images

    मन्त्रालय अन्तर्गतको अपराध अनुसन्धान महानिर्देशनालयको आर्थिक तथा साइबर अपराध नियन्त्रण विभागले इरानले कतारतर्फ पठाएको भनिएको मिसाइलसँग सम्बन्धित भिडियो खिच्ने, ती भिडियो सामाजिक सञ्जालमा प्रसारण गर्ने तथा भ्रामक सूचना फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

    मन्त्रालयका अनुसार यस्ता सामग्रीले सार्वजनिक धारणा भड्काउने र सम्बन्धित निकायले जारी गरेका निर्देशनको उल्लंघन गर्ने भएकाले पक्राउ परेकामाथि आवश्यक कानुनी तथा प्रशासनिक कारबाही सुरु गरिएको छ।

    images
    images

    आन्तरिक मन्त्रालयले हाल भइरहेका घटनाक्रमसँग सम्बन्धित भिडियो खिच्ने, सेयर गर्ने वा अफवाह फैलाउने कार्य नगर्न सबैलाई चेतावनी दिएको छ। साथै, आधिकारिक स्रोतबाट प्राप्त जानकारी मात्रै प्रयोग गर्न र भ्रामक सामग्री प्रसारण नगर्न पनि आग्रह गरेको छ।

    मन्त्रालयले यस्ता सामग्रीले सार्वजनिक धारणा प्रभावित पार्न सक्ने भन्दै नियम उल्लंघन गर्नेहरूमाथि आवश्यक कानुनी कारबाही गर्न पछि नहट्ने स्पष्ट पारेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend