images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • इन्फिनिटी लघुवित्तको २५ हजार संस्थापक शेयर...

इन्फिनिटी लघुवित्तको २५ हजार संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

इन्फिनिटी लघुवित्तको २५ हजार संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

images
images
शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतको २५ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

    images
    images

    कम्पनीले यसअघि गत पुस ९ गते विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकतामा राखेर उक्त शेयर बिक्री खुला गरेको थियो। तर सो अवधिमा शेयर पूर्ण रूपमा वितरण हुन नसकेपछि अब अन्य व्यक्ति तथा संस्थाहरूले पनि खरीद गर्न सक्ने गरी बिक्रीमा राखिएको कम्पनीले जनाएको छ।

    शेयर खरीद गर्न इच्छुक व्यक्ति वा संस्थाले फागुन २० गतेदेखि १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैंडाकोट, नवलपरासीमा आवेदन पेश गर्नुपर्नेछ।

    images
    images

    कम्पनीका अनुसार उक्त शेयरको मूल्य प्रचलित नियम अनुसार निर्धारण गरिनेछ। साथै शेयरको खरीद–बिक्री सम्बन्धी अन्तिम निर्णय कम्पनीको सञ्चालक समितिले गर्ने जानकारी पनि दिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend