images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनको मूल्य घट्यो, बजारमा नयाँ रेकर्ड,...

सुनको मूल्य घट्यो, बजारमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, बजारमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौँ । पछिल्ला केही दिनदेखि उतारचढाव देखिएको सुनको मूल्य शुक्रबार भने घटेर नयाँ स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images

    यसअघि बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको थियो। यस आधारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेको देखिन्छ।

    हालै सम्पन्न निर्वाचनका कारण केही दिन बजार आंशिक रूपमा प्रभावित भएको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र अमेरिकी डलरको मूल्यमा आएको परिवर्तनको प्रभाव पनि नेपाली बजारमा परेको अनुमान गरिएको छ।

    images
    images

    यता चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ। महासंघका अनुसार बुधबार बजारमा चाँदी प्रतितोला ५ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको थियो। शुक्रबार भने यसको मूल्य बढेर प्रतितोला ५ हजार ५४५ रुपैयाँ पुगेको छ। यसरी चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend