images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • मोरङमा पाँच लाख पाँच हजार जनाले...

मोरङमा पाँच लाख पाँच हजार जनाले मतदान गरे

मोरङमा पाँच लाख पाँच हजार जनाले मतदान गरे

images
images
बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • मोरङ, २१ फागुन । मोरङका छवटा निर्वाचन क्षेत्रमा कूल पाँच लाख पाँच हजार ५१४  अर्थात् ६४ दशमलव ५६ प्रतिशतले मतदान गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले दुई लाख ४३ हजार ३१६ पुरुष, दुई लाख ६२ हजार १९६ महिला र अन्य दुई जना गरी पाँच लाख पाँच हजार ५१४ ले मतदान गरेका हुन् । 

    images
    images

    मोरङको क्षेत्र नं १ मा ६० दशमलव ३६, क्षेत्र नं २ मा ६२ दशमलव ९७, क्षेत्र नं ३ मा ६१ दशमलव १७, क्षेत्र नं ४ मा ६७ दशमलव १५, क्षेत्र नं ५ मा ७१ दशमलव २८ र क्षेत्र नं ६ मा ६६ दशमलव ५६ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

    जिल्लामा सात लाख ८३ हजार ५० मतदाता छन् । यहाँ  आठ सय ८८ मतदान केन्द्र कायम गरिएको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend