images

२०८३ आश्विन १७ गते

images
images
images

साझा प्रकाशनद्वारा ‘निर्वाचन ज्ञानकोश’ सार्वजनिक

साझा प्रकाशनद्वारा ‘निर्वाचन ज्ञानकोश’ सार्वजनिक

images
images
मंगलवार, फाल्गुण १९ २०८२
मंगलवार, फाल्गुण १९ २०८२
  • ललितपुर । साझा प्रकाशनले ‘निर्वाचन ज्ञानकोश’ नामक बृहत् सन्दर्भ ग्रन्थ प्रकाशित गरेको छ। पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाद्वारा लिखित उक्त कृति हाल बजारमा उपलब्ध रहेको छ। प्रकाशनको छोटो अवधिमै पुस्तकले उल्लेख्य बिक्री हासिल गरेको प्रकाशनले जनाएको छ।

    images
    images

    राजनीतिज्ञ, सञ्चारकर्मी तथा निर्वाचन सरोकारवालाबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित बनेको साझा प्रकाशनले जनाएको छ। करिब ३५ वर्ष निजामती सेवामा र ६ वर्ष संवैधानिक निकायको नेतृत्वदायी भूमिकामा रहेका थपलियाको यो पाँचौँ कृति हो।

    पुस्तकले निर्वाचनका जटिल पक्षलाई समेट्दै लोकतान्त्रिक अभ्यासलाई बुझ्न नयाँ दृष्टिकोण प्रस्तुत गरेको दाबी गरिएको छ। लोकतन्त्र, निर्वाचन प्रणाली, निर्वाचन न्याय, शासकीय संरचना र प्रतिनिधित्वलगायत विषयका महत्त्वपूर्ण शब्दावली तथा वाक्यांशहरूको विस्तृत परिभाषा र व्याख्या यसमा समावेश छन्। देवनागरी वर्णानुक्रममा आधारित प्रस्तुति रहेको यो ग्रन्थ निर्वाचन व्यवस्थापनसम्बन्धी ‘ह्यान्डबुक’का रूपमा उपयोगी हुने प्रकाशनको विश्वास छ।

    images
    images

    नेपालको संविधान तथा प्रचलित कानुनसँगै अन्तर्राष्ट्रिय निर्वाचन अभ्यासहरूको तुलनात्मक विश्लेषणसमेत पुस्तकमा समेटिएको निमित्त महाप्रबन्धक भेषराज घिमिरेले जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend