images

२०८३ आश्विन १९ गते

images
images
images

सुनचाँदीको मूल्यमा फेरि वृद्धि

सुनचाँदीको मूल्यमा फेरि वृद्धि

images
images
सोमवार, फाल्गुण १८ २०८२
सोमवार, फाल्गुण १८ २०८२
  • काठमाडौँ, १८ फागुन । स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रू तीन लाख २० हजार ५०० मा कारोबार भएको छापावाल सुन आज बढेर प्रतितोला रू तीन लाख २६ हजार १०० पुगेको छ। यससँगै सुनको मूल्यमा प्रतितोला रू पाँच हजार ६०० को वृद्धि भएको हो।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला रू पाँच हजार ९८५ मा खरिदबिक्री भएको चाँदी आज बढेर प्रतितोला रू छ हजार २० कायम भएको महासङ्घले जनाएको छ।

    images
    images

    अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस पाँच हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय मूल्यमा भएको उतारचढाव तथा डलर विनिमयदरको प्रभावले स्थानीय बजारमा मूल्य समायोजन हुने गरेको व्यवसायीहरू बताउँछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend